८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोञ्ज्योसोमको गाँउसभा रिर्सोटमा


९ असार २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
९ असार ०७६, भारदेउ । कोञ्ज्योसोम गाँउपालिकाको पाँचौ गाँउसभा भारदेउको एक रिर्सोटमा सोमबार सम्पन्न भएको छ । भारदेउ भ्यू मिनी रिर्सोटमा सभा सम्पन्न भएको हो ।
चौघरे वन क्षेत्रमा रहेको गाँउपालिकाको कार्यालय साँघुरो भएको र ठाँउको अभावमा रिर्सोटमा गाँउसभा गर्न बाध्य भएको गाँउपालिकाका अध्यक्ष गोपिलालले प्रतिकृया दिए । उनले भने,‘ठाँउको भाडा लाग्दैन, खानाको मात्रै पैसा लाग्ने हो । १ सय जना उपस्थित थिए । त्यही साठी हजार मात्रै खर्च भयो ।’
दक्षिण ललितपुरको गाँउ क्षेत्रमा पर्ने कोञ्ज्योसोम गाँउपालिकामा सार्वजनिक सभा समारोह गर्ने सभाहल नरहेको उपाध्यक्ष मिङ्मा लामाले बताइन् ।
कार्यक्रममा संघीय सभासद नवराज सिल्वाल, प्रदेश सासंद लालकुमारी पुन समेत उपस्थित थिए । गाउँपालिका अध्यक्ष गोपीलाल सिंतान अध्यक्षतामा कोन्ज्योसोम गाउँपालिकाको सभा सम्पन्न भएको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ३० बजे