१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


फोहोरले लगनखेल बसपार्क दुर्गन्धित


१३ असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१३ असार ०७६, लगनखेल । लगनखेल वसपार्कको फोहोर नउठाउदा हजारौं यात्रुलाई सास्ती भएको छ । फुटपाथनजिकै फोहोर रहेको कारण पनि हिडडुल गर्ने यात्रुलाई गाह्रो भएको हो ।


सार्वजनिक शौचालयसँगै वसपार्कको फोहोर उठाउनु पर्ने जिम्मेबारी भए पनि फोहोर नउठाउदा सास्ती खेप्नु परेको लगनखेल प्रहरी पोष्टकी प्रहरी जवान उमादेवि पाण्डेले वताइन । उनले भनिन्, ‘गर्मीमा फोहोरको दुगन्ध फैलिदा प्रहरीलाई पनि डिउटी गर्न गाह्रो छ ।’


फुटपाथमा बदाम बेच्ने हरिवहादुर खड्गील फोहोरले व्यापार गर्न कठीन बन्दै गएकोे वताए । उनले भने, ‘धेरैजसो वपपार्कमा फोहोर उठ्दैन । भन्न जाने ठाँउ पनि छैन ।’
सार्वजनिक शौचालय सञ्चालनको ठेक्का पाएका रामबहादुर देउलासँग यस विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : १७ बजे