३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सहकारी कप बुद्धिचाल शुरु


१७ असार २०७६, मंगलबार  

0
Shares


१६ असार०७६, ललितपुर । ताम्रकार समाज र ललितपुर स्पोर्टस क्लबको संयुक्त आयोजनामा सातौंगणेशमान सिंह स्मृति खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा नेपालका विभिन्न २५ जिल्लाबाट जम्मा १०० जना राष्ट्रिय खेलाडीहरुले सहभागिता जनाएका छन् । नेपाल च्याम्पियनहरुको भिडसँगै शिर्ष खेलाडीहरुले पहिलो पुरस्कार रु १,९२,९००÷– बराबरको यामाहा सलुटो मोटरसाइकलका लागि दिमाग खियाउन शुरु गरिसकेको छन् । कुल पुरस्कार राशी रु ५,५०,९००÷– रहेको उक्त प्रतियोगितामा द्धितीय हुने खेलाडीले रु ५०,०००÷–, तृतीयले रु ३०,०००÷–, चौथोले रु २५,०००÷– पुरस्कार प्राप्त गर्नेछन् ।
नेपाल बुद्धिचाल संघको पहलमा तीनवर्षदेखि रसियाको मस्को युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति प्राप्तगरी चेस खेल सिकिरहेका रुपेश जयसवालले आफ्नो विदाको सदुपयोग गर्दै पहिलो खेलको पहिलो वोर्डमा जेन श्रेष्ठलाई पावर एक्सचेञ्ज दिई जीत दर्ता गरेका छन् । दोस्रो वोर्डमा पूर्व नेपाल च्याम्पियन एवं दुईपटकका सहकारी विजेता सिएम मदनकृष्ण कायस्थले गोल्डेन गेट कलेजका विराज पुडासैनीसँग अप्रत्याशित हारको सामना गर्नुपरेको छ । अर्का पूर्व नेपाल च्याम्पियन एवं पहिलो एफएम मनिष हमालले सुकदेव चाम्लिङको गल्तिलाई पाठ सिकाउँदै एक अंक जोडन सफलरहे । पूर्व च्याम्पियन केशव श्रेष्ठसँगै नोभा साकोसका क्षितिज भण्डारी, जनता साकोसका सजिन महर्जन, श्री करुणामय साकोसका रिजेन्द्र राजभण्डारी, बद्रीलाल नेपाली, मिलन लामा, कृष्ण थापा, प्रेमकृष्ण महर्जन, राजन पुरी, जनार्दन श्रेष्ठ लगाएतले जीतको स्वाद चाखेका छन् । प्रतियोगिता यही असार २१ गतेसम्म जारी रहने छ ।
यस पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्र पौडेलले उक्त प्रतियोगिताको उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा सहकारी कर्मी राजेशहरी जोशी सहित ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकार, गणेशमान सिंह हस्पिटलका मिलन गुरुङले मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ४८ बजे