१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवार स्क्वायरमा फोहोर


२० असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२० असार ०७६,मंगलबजार ।
पर्यटकीय स्थल पाटन दरवार स्क्वायरमा आजकल फोहोरै फोहोर फ्याकिएको छ । परवार स्क्वायर को भाइदेग नजिकैको पोखरीमा कागजको टुक्रा, प्लाष्टिकलगायत फोहोरको डंगुर छ । पोखरीको पानी पनि घिनलाग्दो फोहोर छ ।
पाटनकै भण्डारखाल बगैचा पनि हेरिनसक्नु फोहोर देखिन्छ । यहाँ कागज,प्लाष्टिक मात्रै फ्यााकिएको छैन । उत्तिकै झार पनि उम्रेको छ । भण्डार खालकै पोखरीमा पनि झार उम्रेको देखिन्छ भने पानी पनि उत्तिकै फोहोर छ ।
दरवार वरपर पनि जताततै कागज र प्लाष्टिकको टुक्रा देख्न सकिन्छ । हखाटोलका पसल वरपर पनि उस्तै फोहोर छ । स्थानीय रविन महर्जनले दरवार वरपरका पसलेहरुले फोहोर गरिरहेको आरोप लगाए ।


दरवारवरपर १÷२ फोहोरको वाकस देखिए पनि पर्याप्त मात्रामा वकसहरु छैनन् ।
काजी प्ययाकुरेलका संग्रालय अधिकृतले वरवार स्क्वायर वरपर नगरपालिकाले सरसफाई नगरेको आरोप लगाए । उनले भने, ‘नगरसँगै ऐतिहासिक दरवार सरसफाई गर्ने काम नगरपालिकाको हो । यहाँबाट कर उठाएर लैजान्छ तर सरसफाई चाहि गर्दैन ।’
महानगरका वडाध्यक्ष निर्मलरत्न शाक्य भने सरकारले दरवार हेरचाह कार्र्यालय छुट्टै खडा गरेको हुँदा दरवार संरक्षणसँगै सरसफाई गर्ने काम पनि उसैको भएको वताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ८ : ५७ बजे