१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन दरवारमा उत्खनन शुरु


२० असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२० असार ०७६, मंगलबजार । पुरातात्विक ऐतिहासिक पाटन दरवार परिसरमा उत्खनन शुरु गरिएको छ । पुरातत्व कार्यालय ललितपुरले गत मंगलबाारबाट उत्खनन शुरु गरको हो ।
वडा नं. ९ ले आपत्कालीन अवस्थामा पानीको प्रयोगका लागि पानी ट्याङ्की निर्माणको क्रममा यहाँ डोजर लगाएपछि पुरानो पर्खाल भेटिएको थियो । पुरानो पर्खाल भेटिएपछि पुरातत्व विभाग पाटन र ददरवार हेरचाह कार्यालयले उत्खनन शुरु गरेको हो ।


दरवार परिसरमा पानी ट्याकी निर्माणको गर्न डोजरले खनेपछि रोक्न महानगरको वडा नं. ९ लाई पाटन दरवार हेरचाह कार्यालयले पत्र पठाएको संग्रालय अधिकृत काजी प्याकुरेलले बताए । उनका अनुसार काम रोक्न पत्र पठाएपछि पनि वडाले वेवास्ता गरी डोजरे लगाएको थियो । यहाँ खन्ने क्रममा पर्खाल भेटिएपछि केही पर फेरि खन्यो । त्यहा पनि भग्नावशेष भेटिएपछि अर्को ठाँउमा पानी ट्याङ्की निर्माण गरेको छ ।
उत्खननको क्रममा राणाकालीन ईटा भेटिएका छन् । यहाँ ‘श्री मोहन २००६’ लेखिएको इट्टा भेटिएका हुन् । संग्रालय अधिकृत प्याकुरेलका अनुसार यहाँ मल्लकालीन इट्टा पनि भेटिएका छन् ।

अधिकृत प्याकुरेलले डोरी टागिएकोभित्र मात्रै उत्खनन हुने वताए । उनका अनुसार यहाँ राणाकालीन पुरानो भवनमाथि नयाँ भवन बनाएको आशंका छ । भुकम्पले भत्काउको भवन राणाकालीन थिएन । त्यसअघिको भवन राणाकालिन हुन सक्छ ।
१० दिन देखि १०÷१२ दिन काम हुने वताए ।
यहाँ स्थापना कालमा तत्कालीन ललितपुर नगरपालिकाको भवन थियो । नगरपालिका पुल्चोकमा नयाँ भवन बनाएर सरेपछि प्रहरी प्रभाग मंगलबजारले यो भवन प्रयोग गरेको थियो । २०७२ सालको भुकम्पले यो भवन भत्काएपछि यहाँ खुल्ला जमिन थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  ९ : ५१ बजे