१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा गाडी दुर्घटना


२० असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२० असार ०७६, ललितपुर । भट्टेडाँडामा मिनि टाटा दुर्घटनामा परेको छ । विहान ८ वजेतिर भैसेबाट तीनपाने तर्फ आइरहेको गाडी खावा भन्ने ठाँउमा दुर्घटनामा परेको बताइएको छ ।
चालक सहित गाडीमा रहेका सबै जना सकुशल छन् । गाडी पछाडि हट्न थाले हाम फालेर ज्यान बचाएका हुन् ।
गाडी भने २ सय मिटर तल भीरमा पुगेर अड्केको छ । स्थानीय भोम्जनले गाडी डोरीले बाँधेर राखेको बताए । उनका अनुसार गाडी क्षतविक्षत छ ।
चालकको भनाई उदृत गर्दै स्थानीय मनलाल भोम्जनले भने,‘उकालो बाटोमा चिप्लेर गाडी दुर्घटनामा परेको हो ।’ चालकले गाडीको स्टेरिङ्ग लक भएपछि घुम्ती काट्न नसक्दा गाडी चिप्लेको वताएका हुन् ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  १२ : ०९ बजे