१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटनमा भत्कियो सात दिनमै सडक


२२ असार २०७६, आइतबार  

0
Shares

सात दिनमा भत्केपछि टालिएको स्थान । तस्विर ः ललितपुर खबर


लपु संवाददाता
२२ असार ०७६, पाटन । पाटनको मंगलबजार शंखमुल मार्ग कालोपत्रे गरेको एक सातामै भत्केको छ । निर्माण कम्पनीले पातलो कालोपत्रे गरेर फर्केपछि झरि परेको कारण सडक भत्केको हो ।
सडक भत्केको सात दिनमा फेरि टालटुल गर्न आएपछि स्थानीयले सडकमा प्रर्दशन गरेका छन् । राम्रोसँग कालोपत्रे नगर्ने भए फर्कन भन्दै विरोध गरेपछि सडक नटाली फर्केको पुलिम टोल सुधार समितीका अध्यक्ष नरेन्द्र गोपाल श्रेष्ठले बताए ।

दोश्रोपल्ट कालोपत्रे गरिएको सडक ।


पापडी जस्तो कालोपत्रे गरेकोले काम रोक्न लगाएको ललितपुर महानगर १६ नम्बरका वडाध्यक्ष निर्मलरत्न शाक्यले वताए । उनले भने,‘पानीले मात्रै होइन हावाले नै उडाउलाजस्तो कालोपत्रे रहेछ । मैले भेट्न बोलाएको छु । म कारवाही गर्छु ।’
खरानीको धुलोजस्तो हालेर पेल्दा समस्या आएको हो । घाम लाग्दा धुलो सुकेर हावाले उडाएपछि सडक साता अघिकै जस्तो भएको उनले वताए । यस्तो कामले जनप्रतिनिधिहरुलाई लाज हुने शाक्यले तर्क गरे ।
सडक विभागबाट कालोपत्रे गर्ने प्रयास भएको थियो । प्रदेश सरकारबाट बजेट ल्याएर सडक निर्माणको प्रयास पनि भएको शाक्यको भनाई छ ।

यो सडक विभागले निर्माण गर्नुपर्ने बाटो भए पनि युएनडिपिको सहयोगमा यहाँ ह्युमपाइप विस्तारको योजना अघि बढेको कारण सडक निर्माण हुन सकेको थिएन । लामो समय सडक जिर्ण रहेको भन्दै वडा नंं. र को संयुक्त बजेटबाट यो सडक निर्माण गरिएको हो ।
सडक कालोपत्रेका बारेमा कुरा गर्न खोज्दा विसमसँग सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : २२ असार २०७६, आइतबार  १० : ४३ बजे