१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भिमसेन मन्दिर बनाउन एक करोड दान


२६ असार २०७६, बिहिबार  

0
Shares

मन्दिर पुनर्निर्माण समिति तथा उद्योग वाणिज्य संघका सभापति कृष्णलाल महर्जन लाई चेक हस्तान्तरण गर्दै श्रेष्ठ ।


लपु संवाददाता
२६ असार ०७६, मंगलबजार । २०७२ को भुकम्पले क्षतिग्रस्त पाटनदरवार स्क्वायरमा अवस्थित भिमसेन मन्दिरको पुर्ननिर्माणका लागि स्थानीय विके श्रेष्ठले १ करोड दान गरेको छन् । विके पाटनका स्थानीय व्यावसायी हुन् । श्रेष्ठले आफ्ना पिता गणेशलाल श्रेष्ठको सम्झनामा यो रकम दान गरेका हुन् ।
श्रेष्ठले ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, मंगलटोल सुधार समितिका अध्यक्ष तथा पुनर्निर्माण समिति उपाध्यक्ष किरणमान महर्जन मन्दिर पुनर्निर्माण समिति तथा उद्योग वाणिज्य संघका सभापति कृष्णलाल महर्जन र काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टका प्रमुख रोहित रंजितकारलाइ संयुक्त रूपमा प्रदान गरे ।
पुर्ननिर्माण प्राधिकरणसँग भिमसेन मन्दिर स्थानीय बासीले नै बनाउने प्रतिबद्धता आएपछि कुनै दाता नखोजी स्थानीयलाई नै जिम्मा दिएको हो ।
यो मन्दिर पुनर्निर्माण गर्ने भारतले प्रतिबद्धता व्यक्त गरे पनि निर्माण लामो समयसम्म पनि काम नगरेपछि स्थानीयले नै यो मन्दिर बनाउन आँट गरेका हुन् ।
भिमसेन मन्दिरलाई पाटनका स्थानीयहरुले इष्टदेवताको रुपमा पूजा गर्छन् ।
यो मन्दिरको पुर्ननिर्माण ललितपुर उद्योग वाणिज्य संघको समन्वयमा मंगलटोल सुधार समिति, ललितपुर महानगरपालिका र पुरातत्व विभागले निर्माणमा सहयोग गरिरहेका छन् । काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्ट नामको संस्थाले प्रविधिक सहयोग गरिरहेको छ ।
यो मन्दिर पुर्ननिर्माण गर्न सुन लेपनबाहेक ४ करोड ९३ लाख लाग्ने अनुमान छ ।
केही समयअघि ललितपुर महानगरपालिकाले एक करोड र प्रदेश सरकारले ५० लाख दिने घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ७ : ४६ बजे