६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडकबारे सिलवालले भने ‘चिन्ता नगरे हुन्छ’


२६ असार २०७६, बिहिबार  

0
Shares

कार्यक्रममा सहभागी सघीय सासंद नवराज सिलवाल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२६ असार ०७६, बज्रवाराही । विहीबार मध्यललितपुरको बज्रवाराहीमा आयोजित कार्यक्रममा जम्काभेट भएका ललितपुरका नेताहरुबीच चापागाँउ, गोदावरी , भैसेपाटी र लूभूको सडकको अवस्थाको विषयमा आरोप प्रत्यारोप चलेको छ । वर्षे भेलले हिलाम्मे सडकमा स्थानीय बासिन्दा हिड्नै नसक्ने अवस्था रहेको समयमा विकाशका पुर्वाधार निर्माणको पहल कदमी लिने जिम्मेबार सासंदहरुले मुखामुख गरेका हुन् ।

ललितपु्र काँग्रेस सभापति मदनबहादुर अमात्यले केन्द्र सरकारले ललितपुरका सडक उनले भने,‘नागरिकको सम्पतीको रक्षा गने भन्दै हामी सबै पार्टीले संविधानमा हस्ताक्षर ग¥यो तर सरकारले सडक वरपरका बासिन्दालाई मुआव्जा नदिई जनताको सम्पती लुट्न लागेको छ ।’
जनताको सम्पती राज्यले लिदा पैसा दिनु पर्ने तर्क गर्दै अमात्यले भारतमा चलनचल्तीको मूल्यभन्दा ५० प्रतिशतसम्म थप रकम दिएर मात्रै जनताको सम्पती अधिकरण गर्ने गरेको स्मरण गरे । अमात्यको तर्क थियो जनताको व्यक्तिगत सम्पत्ती राज्यले पेलेर लिन पाइदैन । उनले थपे,‘जनताको सम्पत्ती राख्न पाउने मौलिक हक खोस्न पाइदैन ।’
पुर्वसासंद उदउशम्सेर राणाले ललितपुरको काँठ क्षेत्रको प्रमुख समस्या शहरसँग जोड्ने सडक रहेको विचार व्यक्त गरे । उनले भने ‘तत्काल सडक विस्तार नहुने हो भने यथास्थितीमा कालोपत्रे गर्नुपर्छ । कालोपत्रे गर्न १०÷१५ करोड लाग्ने भए पनि जनताका लागि त्यो रकम कुनै ठूलो होइन ।’ राणाले यथास्थितीमा सडक कालोपत्रे गरेपछि सडक विस्तारको योजना अघि बढाउदा हुने तर्क गरे । कान्तिलोकपथको हेटौडा टाहाखेल खण्ड सडक निर्माण पुरा हुँनै लाग्दा सातदोबाटो चापागाँउखण्ड निर्माण नहुँदा ट्राफिक जामका कारण भयावह हुनेतर्फ राणाले सचेत गराएका थिए ।
ललितपुर १ का संघीय सासंद नवराज सिलवालले सत्ता बाहिरका नेताहरुले उठाएको प्रश्नको जवाफ दिदै चिन्ता नगर्न आग्रह गरे । उनले भने,‘अर्थमन्त्रीले यहाँका घरहरुलाई कति मुआव्जा दिनपर्छ । हिसाव गर्दै हुनुहुन्छ । अहिले पुरा हुनै लाग्यो होला । मुआव्जा वितरण गरेर अव चाडै घर भत्काइन्छ । अनि सडक विस्तारसँगै कालोपत्रे भइहाल्छ ।’

कार्यक्रममा सहभागी सघीय सासंद नवराज सिलवाल,पुर्वसासंद उदय शम्सेर राणा,संघीय सासंद पम्फा भुसा र ललितपुर काँग्रेस सभापति मदनबहादुर अमात्य ।


सिलवालले सडकमात्रै राम्रो भएर नहुने सडकमा हिड्ने मान्छे पनि समृद्ध हुनुपर्ने वताए । उनले भने,‘सडक चाही बनाउने तर त्यो सडकमा हिड्ने मान्छे चाही आर्थिक रुपमा सवल नहुने भए त्यो सडक बनाएर मात्रै के गर्ने ? भन्दै प्रश्न गरे । उनले थपे,‘स्कूल बनाउ,हस्पिटल बनाउ, पर्यटनका कामहरु गरौं न ।’
नेकपाकी नेता पम्फा भुसालले सातदोवाटो चापागाँउ सडक १० बर्षअघि ठेक्का लागेको भए पनि काँग्रेस नेता उदय शम्सेर राणाको कार्यकालमा एउटा पनि इट्टा नथपिएको आरोप लगाइन् । उनले भनिन्,असोज कार्तिकसम्म सडक कालोपत्रे नभए पुरानो टेण्डर खारेज गरेर नयाँ टेण्डर लगाई सडक कालोपत्रे गर्छौं । ’

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  ७ : २८ बजे