३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा किन जान्छ छिन–छिनमा बत्ती ?


२७ असार २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
२७ असार ०७६, चापागाँउ । चापागाँउ, लेले क्षेत्रमा पटक पटक विजुली बत्ती काटिदा स्थानीय हैरान छन् । दैनिक जसो विद्युत्को अभावमा यहाँका कलकारखाना,कार्यालय र सर्वसाधारणलाई समस्या परेको छ ।


पानी परेको बेला दिनका दर्जनौ पटक वत्ती जाने गरेको छ । यहाँ जुनसुकै बेला विद्युत् काटिन सक्छ । जति बेला आउन सक्छ । कुनै टुंगो छैन ।
विद्युत् प्राधिकरणको ठेचो केन्द्रका इन्चार्ज तोरण बहादुर पोखरेलका अनुसार खुमल्टारबाट ललितपुरको ठुलादुर्लुङ्गसम्म एउटै लाइन भएको कारणले विद्युत्मा समस्या आएको हो ।
उनी भन्छन्,‘बिचमा विजुलीमा समस्या आए लाइन काटेर बनाउनु पर्छ । अनि समस्या आउँछ ।’
वेलुका सात बजेदेखि विहान १० बजेसम्म चापागाँउमा लाइन मर्मतका लागि कर्मचारी नखटाइएकोले पनि विजुलीमा समस्या छ । कही कतै ठुलै समस्या आए लगनखेलको टोलीले आएर बनाइदिन्छ । नत्र भोलिपल्टसम्म कुर्नु पर्ने अवस्था आउने उनको भनाई छ ।
मर्मतका लागि ३ जना मात्रै कर्मचारी खटाइएको कारण पनि लाइन मर्मत गर्ने कर्मचारीको अभावमा समस्या बढेको कार्यालयका सुपरभाइचर निराजन थापामगर वताउछन् । उनी भन्छन्, ‘नयाँ लाइन विस्तार गर्ने जिम्मेवारी पनि ३ जनालाई छ । त्यसैले समयमै मर्मत गर्न भ्याइन्न ।’
पानी पर्दा रुखहरुले छुदा पानी पर्दा विजुलीको लाइनमा समस्या आउने गरेको र समस्या समाधानका लागि दक्षिण ललितपुरमा छुट्टै लाइन बिस्तारको योजना बनिरहेको पोखरेल वताउछन् ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ८ : १५ बजे