१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरीमा धेरै कर तिर्ने सम्मानित


२७ असार २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
२७ असार ०७६, बज्रवाराही । गोदावरी नगरपालिकामा २०७५÷०७६ आर्थिक वर्षमा धेरै कर तिर्ने गोदावरी फरेष्ट होटललाई सम्मान गरेकोे छ । गोदावरी नगरपालिकाको तेर्सो नगरसभाबाट पारित बजेट सार्वजनिक कार्यक्रममा नगरपालिकाका मेयर गजेन्द महर्जनले होटलका सञ्चालक राजेन्द्र भण्डारीलाई सम्मान पत्रसहित प्रमाणपत्र हस्तान्तरण गरे ।
होटलले नगरपालिकालाई १० लाख ९५ हजार कर तिरेको भण्डारीले जानकारी दिए । गोदावरी फरेष्ट होटल हाल निर्माणाधिन छ । साततले निर्माणाधिन भवन अहिले तीनतला सम्पन्न भएको छ ।


साथै नगरपालिकाले दोश्रोपल्ट सगरमाथा आरोहण गर्ने ललितपुर ठेचो निवासी कल्पना महर्जनलाई २ लाख पुरस्कार दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार  ९ : १६ बजे