९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा उद्दार र राहत वितरणमा कठिनाई


२९ असार २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२९ असार ०७६, ललितपुर । निरञ्तरको वर्षाका कारण दक्षिण ललितपुरको जनजीवन अस्तव्यस्त छ । स्थानीय स्तरमा पहिरोले बाटो अवरुद्ध हुँदा उद्दार र राहतमा समस्यया परिरहेको खबर छ । विद्युत र टेलिफोन सेवा बन्द हुँदा कहाँ के गर्ने भन्ने अन्यौल रहेको स्थानीय सरकारका प्रतिनिधिहरु बताउछन् ।
वागमती गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनका आफै अलमलमा रहेको बताउछन् । उनी भन्छन्, ‘बाटोसाटो छैन । जहाँत्याही पहिरो छ । खै के गर्ने । सोमबार मिटिङ्ग बसेर तत्काल के गर्न सकिन्छ निर्णय गछौं ।’
प्रदेश सासंद चेतनाथ सञ्जेलका अनुसार उद्दार र राहत वितरणका लागि स्थानीय जनप्रतिनिधिहरु,शसस्त्र र आर्मी परिचालन गर्र्ने निर्णय भएको वताउछन् । उनी भन्छन्, पार्टीबाट स्थानीयस्तरका कार्यकर्ताहरुलाई पनि परिचालन हुँदैछ ।
वागमती गाउपालिका ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले भट्टेडाँडामा उद्दार नै गर्नु पर्ने अवस्था नरहेको वताए ।


कोञ्ज्योसोम गाँउपालिकाका अध्यक्ष गोपिलाल सिङ्गतान दक्षिण ललितपुरमा टेलिफोन र विद्युत सेवा अवरुद्ध हुँदा उद्दार र राहत वितरण गर्न सूचना आदान प्रदान नहुँदा समस्या रहेको वताउछन् । उनी भन्छन्, ‘सडक भत्केर समस्या छ । गाँउपालिकाभरि १६\१७ घरमा बस्न सक्ने अवस्था छैन ।’
आइतबार सिङ्गतान जिल्ला प्रशासन कार्यलयसँग उद्दारका सामान लिन र सासंसदहरुसँग छलफल गर्न सदरमुकाम भन्दै आइपुगेका छन् ।
वागमती गाँउपालिकाको तीनपाने भञ्जयाङ्गमा स्थानीय पसलहरु जोखिममा परेपछि स्थानीय व्यावसायीहरुको सरसामान सारेर नेपाली सेनाले उद्दार गरेको छ ।
माहांकाल गाँउपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र उपाध्यक्षको फोन सम्पर्कविहीन छ ।

वागमती ६ गिम्दीका वडाध्यक्ष नवराज सञ्जेलका स्थानीय मोचे डाँडामा जोखिममा परेका स्थानीयलाई सारिएको वताए ।
उनी भन्छन्,‘स्थानीय विपत् व्यवस्थापनसँग बाँकी भएका त्रिपाल हामीले विडितलाई वितरण गरिसकेका छौं । रमिते बजारमा पनि केही समस्या छ । उनीहरुको वैकल्पिक व्यवस्थापन पनि भईसकेको छ ।’

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ९ : ४७ बजे