८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेकपा ललितपुरको एकता घोषणा आज


३१ असार २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
३१ असार ०७६,ललितपुर । नेकपाको ललितपुरको पार्टी एकता घोषणा आज हुने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउसो १ बजे घोषणा सभासँगै सपथ कार्यक्रम आयोजना गरेर ललितपुर जिल्लाको पार्टी एकीकरणको प्रकृया टुंगो लगाउन लागिएको हो ।
केही समयअघि नेकपाले देशभरका जिल्ला अध्यक्ष र सचिवको नामावली सार्वजनिक गर्दै जिल्लास्तरको पार्टी एकिकरण टुगाएको थियो । तर जिल्ला कमिटीका सदस्यको चयन भएको थिएन ।
पार्टीले ललितपुर अध्यक्षको जिम्मेवारी एमालेका साविक अध्यक्ष हरिकृष्ण व्यञ्जनकारलाई दिएको थियो भने सचिवमा तत्कालीन नेकपा माओवादीका राजकाजी महर्जनलाई दिएको थियो ।
१५५ सदस्यीय जिल्ला कमिटी घोषणा हुन लागेको नेकपा ललितपुरका सचिव राजकाजी महर्जनले बताए । उनले भने, ‘१५५ जिल्ला सदस्यमध्ये तत्कालीन एमालेको तर्फबाट ८५ सदस्य र तत्कालीन नेकपा माओवादीका ६९ जनालाई चयन गरिएको छ ।’सचिव महर्जनले नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितीमा जिल्लाको पार्टी एकिकरण प्रकृया टुंगो लगाउन लागिएको जानकारी दिए ।
केही समयअघि पार्टीले जिल्ला सदस्यहरुको नामावली टंगो लगाए पनि विवाद भएपछि घोषणा कार्यक्रम स्थिगित भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १० : २९ बजे