६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महालक्ष्मीको बजेट ९८ करोड


३१ असार २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
३१ असार ०७९, ललितपुर । महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष ६६÷६७ को नयाँ बजेट सार्वजनिक गरेको छ । सोमबार नगरपलिकामा एक कार्यक्रम आयोजना गरि नगरपालिकाका मेयर रामेश्वर महर्जनले आर्थिक वर्ष ०७६÷७७ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।
मेयर महर्जनले बजेट प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रम बजेट योजना र जनप्रतिनिधिका दुई वर्ष स्मारिका”सार्वजनिक गरिएको थिये ।
कार्यक्रममा संघीय मामिला तथा समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सम्बोधन गर्दै महलक्ष्मीले समयमै बजेट सार्वजनिक गरेकोमा बधाई दिए ।


मेयर रामेश्वर महर्जनले नगरपलिकाले आगामी आर्थिक वर्षको योजना कार्यान्वयन गर्न रु. ९७ करोड ८९ लाख ८४ हजार २० रुँपैया र पैसा ४० विनियोजन गरिएको जनकारी दिए । महर्जनले कुल विनियोजन रकममध्ये चालु खर्चतर्पm ४२ करोड ६९ लाख १९ हजार (४३.६० प्रतिशत) र पुँजीगत खर्चतर्फ ५५ करोड २० लाख ६५ हजार २० रुँपैया ४० पैसा (५६.४० प्रतिशत) रहेको सार्वजनिक गरेका थिए ।
नगरपलिकाले वडागत पुर्वाधार विकास तथा सामाजिक विकासका लागि प्रत्येक वडालाई न्युनतम १ करोड नघट्ने गरी कुल रु. १२ करोड ८ लाख ७५ हजार विनियोजन गरेको छ । त्यस्तै विपद व्यवस्थापन कोषका लागि १ करोड १० लाख, शिक्षा क्षेत्रको विकासका लागि रु. ५० लाख, नगरपालिका भवन, वडा कार्यालय भवन, जग्गा खरिदका लागि ६ करोड ८० लाख ७७ हजार ९ सय ६०,नगरपालिकाभित्र स्वागतद्धार निर्माणका लागि रु. ८५ लाख ६३ हजार ७ सय ५०,स्थानीय सडक लगायत बृहत्तर पुर्वाधार विकासको लागि २३ करोड ६४ लाख ३ हजार ५ सय ११, पुर्वाधार विकासमा योजना संचालन गर्न ६ करोड ४५, लाकुरी भन्ज्याङ्ग पर्यटन पुर्वाधार विकासका लागि रु. २ करोड ५० लाख विनियोजन गरेको छ । ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  १२ : ०२ बजे