१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नेकपा ललितपुरले जिल्ला सदस्यलाई खुवायो शपथ


३१ असार २०७६, मंगलबार  

0
Shares

मंगलबार नेकपा ललितपुरको जिल्ला कमिटीको घोषणा तथा शपथग्रहण कार्यक्रममा जिल्ला सदस्यहरु । ललितपुर खबर


लपु संवाददाता
३१ असार ०७६, च्यासल । नेकपा ललितपुरले जिल्ला सदस्यहरुलाई पद तथा गोपिनियताको शपथ खुवाएको छ । ललितपुरको तुल्सीलाल स्मृति भवनमा मंगलबार दिउँसो आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शपथ खुवाए ।

मंगलबार नेकपा ललितपुरको जिल्ला कमिटीको घोषणा तथा सपथग्रहण कार्यक्रममा गम्भिर रानालाई माला लगाएर स्वागत गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ।


कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले नेकपामा कार्यकर्ता व्यवस्थापनका लागि अन्य धेरै ठाँउ खाली रहेकाले जिल्ला कमिटीमा नपरिएको भन्दै निराश नहुन आग्रह गरे ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सबै काम आजै सकिने जानकारी दिदै भने, ‘अव हामी देशभर अभियान लिएर जनताकोमा जाँदैछौं ।’


असन्तुष्टको प्रर्दशन
जिल्ला कमिटीमा आफ्नो मान्छे राखेर आफूहरुलाई हटाएको भन्दै शपथ ग्रहण कार्यक्रममा केही कार्यकर्ताहरुले नाराबाजी गरे । असन्तुष्ट पक्ष नारावाजी गर्दै चर्को रुपमा प्रस्तुत हुने आशंकामा जिल्ला इन्चार्ज हरि दाहाल ललित फकाउनमा व्यस्त देखिन्थे ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : १८ बजे