११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भुकम्पपिडितलाई पैसा दिएपछि फेरि फिर्ता


२ श्रावण २०७६, बिहिबार  

0
Shares

भुकम्पपछि भत्केको भट्टेडाँडा । फाइल तस्विर

लपु संवाददाता
२ साउन ०७६, ललितपुर । सरकारले ललितपुरमा भुकम्पपिडितहरुलाई दिएको पैसा फेरि फिर्ता मागेर लगेको छ । ललितपुरका २०० भुकम्पपिडतसँग दिइसकेको पैसा फिर्ता लिईएको हो ।
गैरसरकारी संस्था र सरकारसँग दोहोर सुविधा लिएका भुकम्पपिडितहरुले सरकारी अनुदानको रकम फिर्ता गर्नु परेको पुर्ननिर्माण प्राधिकरण ललितपुरका प्रमुख कृष्णलाल पियाले बताए । १ सय ७५ परिवारले पहिलो किस्तावापत लिएको पचास हजार फिर्ता गरेका छन् भने १ परिवारले दोश्रो किस्ता समेतको २ लाख हजार फिर्ता गरेको छ । र १२ परिवारले ३ लाख तेस्रो किस्तापछि फिर्ता गरेका छन् ।

सरकारी नियम अनुसार एक ठाँउबाट अनुदान लिएपछि दोहोरो सुविधा लिन नपाउने हुँदा यो रकम फिर्ता लिइएको पियाले बताए ।

ललितपुरमा भुकम्पपिडितलाई दिइसकेको १ करोड ३० लाख ५० हजार पुनः फिर्ता भएको हो ।
साथै ललितपुरमै १२ भुकम्पपिडितहरुले घर निर्माणका लागि लगेको ५० हजार घर बनाउन अनिच्छुक भएको भन्दै फिर्ता दिएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ९ : २२ बजे