८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर इन्चार्जमा हरि दाहाल


५ श्रावण २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
५ साउन ०७६, ललितपुर । नेपाल कम्युनिष्ट पार्टीको ललितपुर जिल्ला इन्चार्जमा हरि दाहाल नियुक्त भएका छन् । सह इन्चार्जको जिम्मेवारी भने प्रमेश हमाललाई दिईएको छ । ललितपुर महानगर इन्चार्जको जिम्मेवारी सुशीला नेपालले पाएकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने टुंगो लगाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस अघि भएको सहमती अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएका हुन् । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको ठाँउमा तत्कालीन माओवादीको सह–इञ्चार्ज दिइएको छ । तत्कालीन माओवादीको इञ्चार्ज भाग परेको ठाँउमा भने तत्कालीन एमालेको सह–इञ्चार्ज जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ०९ बजे