२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बैंकरोड बन्दै प्याङ्गगाँउ


८ श्रावण २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
८ साउन ०७६, चापागाँउ । गत विहीबार चापाँउको प्याङ्गगाँउ बजारमा एक बैंकको उद्घाटन कार्यक्रममा गोदावरी नगरका मेयरले भने, ‘अव प्याङ्गगाँउको नाम परिवर्तन गरेर बैंक रोड राख्नुपर्छ ।’
हुन पनि दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाउको प्याङ्गगाँउ बजारमा मात्रै माछापुछ्रे,कृषि विकाश, सहकारी,जनता,सिद्धार्थ र प्रभु गरेर ७ वटा बैंकका शाखा आइसके । यहाँ दर्जनको संख्यामा सहकारी संस्था छन् ।


चापागाँउको बज्रवाराहीमा एनआईसि एशिया बैंकको शाखा खुलेको छ भने चापागाँउ बजारमा नेपाल बैंकको शाखा पहिलेदेखि नै छ । टाहाखेलमा लक्ष्मी बैकको शाखा आउने क्रममा छ ।
दक्षिण ललितपुरको महाँकाल,कोञ्ज्योसोम र वागमती गाँउकापािलको म्ुख्य बजार चापागाँउ हो । ललितपुरको ७० प्रतिशत भन्दै धेरै भूगोलमा बसोबास गर्ने स्थानीय जनता यही बजारमा आश्रित छन् । मध्यललितपुरको चापाँगाउ क्ष्ोत्रमा खानी क्रसरलगायत विभिन्न उद्योग कल कारखाना छन् । उदाउदो बजार क्षेत्र र ललितपुरको दोश्रो सदरमुकाम रहेको कारण प्याङ्गगाँउ बजारमा विभिन्न बैंकहरु बजार खोज्दै आइपुकेका हुन् ।
प्रभु बैंकका शाखा प्रमुख दिपक खरेल ललितपुरको दक्षिण भेगको आर्थिक हवको रुपमा रहेको प्याङ्गगाँउ बजारमा सम्भावना देखेर नै शाखा सञ्चालनमा ल्याएको बताए ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ७ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।