१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


घुम्नलायक टौदहको रमणिय जलाशय


११ श्रावण २०७६, शनिबार  

0
Shares

काठमाडौंको खाल्टोभित्रको कोलाहलमा धुम्धुम्ती बस्न मन लागेन । कहाँ जाँउ, कता जाउ भयो भने चोभार नजिकको टौदह जानुस् ।
टौदह रमाइलो छ । यहाँ रंगविरंगका माछा हेर्न पाइन्छ । यहाँ कछुवाले घाम तापेको अर्को अद्भुत दृश्य पनि देखिन्छ । हिउदे सिजनमा जलेवाले माछा टिप्दै खाएको अर्को अनौठो दृश्य पनि याँहा हेर्न पाइन्छ ।


टौदह सफा छ । सुन्दर छ । दहको चारैतिर झण्डै ३ किलोमिटरको रेलिङ्ग, आगन्तुक हिड्ने बाटो र बीचबचिमा विश्रामस्थल छन् । टौदह वरपरका रिर्सोटमा बसेर कफी खादै टहलिदै दिन विताउन मज्जा हुन्छ । पोखरीमा हाँस र बकुल्ला र विभन्न चराचुरुङ्गी जल शयरमा रमाइरहेको देखिन्छ ।
सधैजसो सिरसिर हावाले यहाँ शित्तल महसुस हुन्छ । टौदह काठमाडौं पर्यापर्यटनको राम्रो सम्भावना बोकेका स्थल हो । चम्पादेवि जंगलको फेदीमा रहेको टौदह महत्वपूर्ण सिमसार क्षेत्र रहेको छ ।
नगपञ्चमीमा हरेक वर्ष टौदहमा भव्य मेला लाग्छ । कर्कोटक नागराजा नागरानीको बास रहेको जनविश्बास रहेका यस स्थानमा नागको विशेष पूजा गरिन्छ ।


हिउदे सिजनमा टौदहमा टाढा टाढा समुन्द्र पार गरेर जलेवा, चखेवालगायतका चरा आइपुग्छन् । टौदह वरीपरि गाजले सुनचरी,भद्राई,रातो मुनिया,तुमुलकारी फिस्टो,फिरफिरे,पानी चाहा,राज हुटिट्याउ,श्वनवाजलगायतका सयौं चरा चुरुङ्गी पाइन्छन् ।
टौदहमा जाल हानेर माछा मार्न निशेष छ । यहाँ न त बल्छी हान्न नै पाइन्छ । यहाँ पौडी खेल्न पाइन्न । विभिन्न दानविरहरुले यस पोखरीमा हजारौंको संख्यामा माछा छोड्छन् । यहाँको माछा कसैले मारेर खादैन । बेला बेलामा माछा दहमा मरेको अवस्थामा देखिन्छ ।


टौदह माथिबाट हेर्दा षड्कोण आकार झैं देखिन्छ । यो पोखरीको पानीले नियमित नुहाउने हो भने शरिरमा घाउ खटिरा नआउने जनविश्वास छ ।
ललितपुरमा देखाइने मच्छिन्द्रनाथको रथयात्रामा देखाइने भोटो यही विराजमान कर्कोटक नागको भोटो रहेको किम्वदन्ती छ ।
यहाँका बस्तु लगेर घरमा राखेमा नागले दुःख दिने जनश्रृति रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : ०९ बजे