३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


साइवर अपराधबाट कसरी बच्ने ?


१९ श्रावण २०७६, आइतबार  

0
Shares

जानेर वा नजानेर फेसबुक ट्वीटर, इष्टाग्राम जस्ता सामाजिक सञ्जालमा जो कोहीले साइवर अपराधका गतिविधि गरिरहेका हुनसक्छन् । जानकारीको अभावमा धेरै नेपालीहरु साइवर अपराधको लफडामा फस्ने गरेका छन् ।
फेसबुकमा पोष्ट भएका गाली व्यज्जतीका सामाग्रीलाई शेयर वा कमेन्ट गरेकै भरमा प्रहरीको खोरमा पुग्ने सम्भावना हुन्छ । आजकल प्रधानमन्त्री, राष्ट्रपति र पुर्वप्रधानमन्त्रीको तस्विरहरु काटेर जोडेर जथाभावी लेखी पोष्ट गरिएको पाइन्छ । यस्ता सामाग्रीहरुलाई जुक्किएर पनि लाइक वा कमेन्ट गर्नु हुदैन । शेयर गर्दा त झन् प्रहरीको खोरमा पुग्ने सम्भावना धेरै हुन्छ ।
संसारमा सामाजिक सञ्जालमा हुने यस्ता गालि व्यज्जती र अपराधका घटनालाई कडा भन्दा कडा सजाय दिने व्यवसथा छ । नेपालमा पनि साइवर अपराधका अपराध गर्नेहरुलाई सजाय दिने कानून छ । तर कार्यान्वयनको पाटो फितलो भएको मात्रै हो ।
आजकल प्रहरी कार्यालयमा हत्या सिंसा झगडासँगै समाजिक सञ्जाल विभिन्न अपराधिक गतिविधिहरुको उजुरी लिएर जाने सर्वसाधारणको संख्या बढ्दै गइरहेको छ ।
भएको के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबरअपराधका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ ।

बेला बेलामा प्रहरीले इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सचेत भएर चलाउन आग्रह गरिरहेकोे हुन्छ । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्दा आवश्यक ज्ञानको अभावमा विभिन्न अपराधका घटना हुँदै आएको कारण प्रहरीले विभिन्न कार्यक्रम गरिहरेको छ ।
समाजिक सञ्जाल के–कसरी प्रयोग गर्ने भन्ने जानकारी नहुँदा साइबर अपराधका घटनासँगै मुद्दा समेत दर्ता हुने क्रम बढ्दो छ ।
कसरी सुरक्षित रहने
फुसबुक वा ट्वीटरमा अश्लिल असभ्य फोटो,भिडियो,म्यासेज देख्नासाथ कमेन्ट शेयर वा लाइक गर्नुहुदैन ।
आफ्नो तस्विर कसैले अश्लिन हर्कत देखिने गरि शेयर गरेको पाइएकामा तत्काल प्रहरमिा खबर गर्नुपर्छ ।

साथी वा प्रेमी प्रमिकाहरुसँग व्यक्तिगत गोप्य तस्विरहरु सामाजिक सञ्जालबाट लिने वा दिने गर्नु हुदैन । सामाजिक सञ्जालको प्रयोग गरेर गोप्त तस्विर वा अन्य सामाग्री दिदा सामाजिक सञ्जालमा प्रयोग हुने खतरा हुन्छ ।
फेसबुकमा कुनै पनि धर्म,जाति, लिङ्ग वर्ण वा सम्प्रदायप्रति अपमान हुने फोटो, भिडियोलाई ट्याग गरेर, प्रतिक्रिया दिएर, सेयर गर्नु हुदैन ।
ईमेल वा सामाजिक सञ्जालको पास वर्ड सजिलो नराख्नुस् । सकेसम्म आफूले सम्झन सक्ने र अरुले थाहा नपाउने पासवर्ड राख्दा तपाईको फेसबुक वा ट्वीटर थप सुरक्षित हुन्छ ।
जुनसुकै कम्प्युटर वा मोवाइलबाट फेसबुक वा ट्वीटर खोल्दा दुरुपयोग हुने खतरा हुन्छ । यसतर्फ सजक हुन जरुरी छ ।

आफ्नो इमेल फेसबुकजस्ता सामाजिक सञ्जालका पासवर्ड मनमिल्ने साथी वा प्रमी प्रेमिकालाई नदिनुस् । मन मिल्न छोडेपछि तपाईको फेसबुक वा इमेल दुरुपयोग पनि हुनसक्छ ।
सामाजिक सञ्जालको अप्सनमा पासवर्ड रिकभरी गर्न आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर नै प्रयोग गर्नुहोस् । अरुको नम्बर प्रयोग गर्दा दुरुपयोग हुनसक्छ ।
फेसबुक वा ट्वीटरमा आफ्ना बाबु, आमा,दिदीबहिनीहरु साथी बनायौं । यसबाट आफ्ना परिवारका सदस्यहरुले दिने सही सल्लाहले साइवर क्राइमबाट बच्न सहयोगी हुन्छ ।
नजानेर पनि नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट नगरौं । नचिनेको मान्छे साइवर अपराधि पनि हुनसक्छ । साथै नचिनेको मान्छेले पठाएको म्यासेज मा प्रतिकृया पनि नदिऔं ।
आफ्नो राहदानी, नागरिकता, बैंक खाता नम्बर, फोन नम्बर, जस्ता अफिसियत प्रमाण भएका कागजातहरु फेसबुक वा ट्वीटरबाट शेयर गर्दा दुरुपयोग हुने खतरा प्रति पहिले नै सजक हुन जरुरी छ ।

साइवर अपराधको प्रमाण जुनसुकै बेला पनि फेसबुक वा ट्वीटरबाट हटाउन मिल्छ । साइवर अपराधको पिडित हुँदा प्रहरीमा रिपोर्ट गर्न जानु अघि त्यस्ता सामग्रीको स्क्रिन सट र व्यक्तिको प्रोफाइलको लिङ्क समेत संलग्न गरेर उजुरी दिनु पर्छ । यसबाट तपाईले प्रमाण समेत पेश गरेको हुँदा अपराध अनुसनधानलाई थप सहयोग मिल्छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ८ : ४९ बजे