६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगरले सडक बढार्ने, आयो २ ब्रुमर


२२ श्रावण २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
२२ साउन ०७६, पुल्चोक ।
ललितपुर महानगरपालिकाले सडकको धुलो बढार्न २ वटा अत्याधुनिक ब्रुमर खरिद गरेको छ । इटानीको म्याक्रो कम्पनीले बनाएको अत्याधुनिक एम ६० मोडलको ब्रुमर गत आइतबार नेपाल आइपुगेको हो ।
ललितपुर माहानगरपालिकाले जेन टेक प्रालि मार्फत ब्रुमर ४ करोड ४८ लाख ११ हजार २ सय ८० मुल्यमा खरिद गरिएको हो । बु्रमर खरिदका लागि ठेण्डर गरेको थियो । टेण्डर प्रकृयामा ४ वटा कम्पनीले भाग लिएका थिए ।
यस ब्रुमरको २ वर्ष वारेण्टी रहेको छ । ब्रुमर हस्तान्तरण र तालिमका लागि ३ जना प्राविधिकहरु अहिले नेपाल आएका छन् ।
ब्रुमर सञ्चालनका लागि महानगरपालिकाका २ जना ब्रुमर चालकलाई विहान ३ घण्टा तालिम दिन थालिएको छ । कुुपण्डोलबाट लगनखेल र वालकुमारीदेखि सानेपासम्म चलाउन रुट बनाउन लागिएको महानगरापालिकाका जिन्सी शाखा प्रमुख सागर थापाले बताए । युरो ४ मापण्डमा आधारित ब्रुमरको १ सय १० किलोवाट इञ्जिन क्षमता जडित छ । बु्रमरमा दयाँ बाँया मुनि र अगाडि गरेर ४ बटा ब्रस छन् भने २.५ एम एम सम्मको धुलोजन्य पदार्थ यस मेसिनले तान्छ सक्छ । यस ब्रुमरभित्र २ सय २० लिटर पानी र ६ घनमिटर धुलोजन्य पदार्थ अटाउछ ।
ट्राफिक चाप भएको बेलामा सडकमा बु्रमर चलाउन नमिल्ने हुदा विहान ४ बजेदेखि ७ बजेसम्म र बेलुका ८ बजेबाट ११ बजेसम्म चलाउन लागिएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १२ : ३३ बजे