११ असार २०८१, सोमबार | Mon Jun 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा किसानका लागि विउविजनको एटिएम


२६ श्रावण २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२६ साउन ०७६, पुल्चोक । सुन्दा पनि अचम्म लाग्ने . साग,मुला, गाँजरलगायत तरकारीको विउ किन्न अव पसल पसल धाउन पर्दैन । मेसिनमा पैसा होलेपछि मेसिनले आफूलाई चाहिएको विउ दिन्छ । झिकेर लैजाने ।
अव यस्तो पनि सम्भव भएको छ । ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरपालिका परिसरमा विउ एटिएम आइतबारबाट सञ्चालनमा आएको छ ।
महानगरका मेयर चिरीबाबु महर्जनले रिवन काटेर एटिएमको शुभारम्भ गरेपछि यो एटिएम सञ्चालनमा आएको हो ।


एटिएम मेसिनले हालेको पैसा बढी भएमा फिर्ता भने दिदैन । एटिएम मेसिनमै कुन विउ र कति मूल्यको किन्ने हो शिशाबाटै छर्लङ्गै देखिन्छ ।
यो एटिए मेसिन चौविसै घण्टा सञ्चालन हुने मेयर महर्जने बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  ८ : ५८ बजे