लपु संवाददाता
२६ साउन ०७६, पुल्चोक । सुन्दा पनि अचम्म लाग्ने . साग,मुला, गाँजरलगायत तरकारीको विउ किन्न अव पसल पसल धाउन पर्दैन । मेसिनमा पैसा होलेपछि मेसिनले आफूलाई चाहिएको विउ दिन्छ । झिकेर लैजाने ।
अव यस्तो पनि सम्भव भएको छ । ललितपुरको पुल्चोकस्थित ललितपुर महानगरपालिका परिसरमा विउ एटिएम आइतबारबाट सञ्चालनमा आएको छ ।
महानगरका मेयर चिरीबाबु महर्जनले रिवन काटेर एटिएमको शुभारम्भ गरेपछि यो एटिएम सञ्चालनमा आएको हो ।
एटिएम मेसिनले हालेको पैसा बढी भएमा फिर्ता भने दिदैन । एटिएम मेसिनमै कुन विउ र कति मूल्यको किन्ने हो शिशाबाटै छर्लङ्गै देखिन्छ ।
यो एटिए मेसिन चौविसै घण्टा सञ्चालन हुने मेयर महर्जने बताए ।
प्रतिक्रिया