८ कार्तिक २०८१, बिहिबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका हात्तीपाइलेका ५ नयाँ विरामी


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
३१ साउन ०७६, ललितपुर
। ललितपुरमा ५ जनामा हात्तीपाइलेरोग देखिएको छ । केही समयअघिस्वास्थ्य मन्त्रालयले गरेको सर्वेमा १५५३ जनामा परिक्षण गरेपछि ५ जनामा हात्तीपाइले रोग देखिएको हो ।
हात्तीपाइले रोगको टमक्स टु कार्यक्रम अन्र्तगत ललितपुरका जिल्लाका शहरी क्षेत्रमा रहेका ३७ वटा स्कूलका कक्षा १ र २ मा पढ्ने उमेर समूका विद्यार्थीहरुमा सर्वे गर्दा यो नजिता निस्कएको हो । सर्वेको मुलभूत मान्यता अनुरुप केही विद्यार्थीहरुमा मात्रै परिक्षण गरिने अएकाले अरु रोगी पनि निस्कने सम्भावना रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरकी मलेरिया इन्पेक्टर निरिक्षक इन्दिरा भण्डारीले बताइन् ।
ललितपुरमा २ सयभन्दा धेरै विरामी छन् । एक पल्ट हात्तीपाइले रोग लागेपछि यो निको हुँदैन ।
ललितपुरका काँठ क्षेत्रमा हात्तीपाइलेका रोगी भेटिएका हुन् । ललितपुरका खोकना र बुङ्गमतीमा ज्यादा विरामी छन् । मंगलबजार,चापागाँउ, लूभू, लामाटारमा पनि यथेष्ट विरामी छन् । तर दक्षिण ललितपुरमा भने खासै रोगी भेटिएका छैनन् । केही समय अघि एक कार्यक्रममा बुङ्गमतीबाट मात्रै २२ जना विरामी सहभागी भएका थिए ।
पछिल्लो समय सरकारले हात्ती पाइले रोग पत्ता लागेपछि निशुल्क औषधि खुवाएको थियो । यो औषधि खादा विरामी हुने हल्लाका कारण धेरैले औषधि खाएनन् । ६९ देखि ५९ प्रतिशत स्थानीयले मात्रै औषधि खाएको जिल्ला स्वास्थ्य कार्यालयकी निरिक्षक इन्दिरा भण्डारीले वताइन् । निरिक्षक भण्डारीले सबैले औषधि नखाएको कारण हात्तीपाइले रोग निमूल हुन नसकेको शंका व्यक्त गरिन् ।
हात्तीपाइले रोगीले औषधि नखाने हो भने यो रोग एक अर्कामा सर्छ । हात्तीपाइले लामखुट्टेले सार्ने रोग हो ।
यस्तै ललितपुरमा १७ जना औलो रोगी पत्ता लागेका छन् । ललितपुरका मेडिसिटी र सुमेरु अस्पतालमा वर्षभरि आएका विरामीहरुको रिपोर्ट गरेपछि यी रोगीहरु पत्ता लागेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  ७ : ४७ बजे