भदौं ०७६,०७६,ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरि दाहाल (ललित)लाई पितृशोक परेको छ ।
दाहालका पिता हेमप्रसाद दाहालको ८७ वर्षको उमेरमा हृदयघातका कारण सोमबार बिहान ३ बजे गोदावरी,टौखेलस्थित आफ्नै निवासमा निधन भएको परिवार श्रोतले बताएको छ । दाहालको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्यष्टि लागि लगिएको छ ।
मृतक दाहालका ५ जना छोरा छन् । उनको जन्म १९८९ सालमा ललितपुडोल चिलालेकमा भएको थियो ।
२ भाद्र २०७६, सोमबार
0
Shares
प्रतिक्रिया