६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा फिडर विस्तार, विद्युत समस्या कम हुने


१० भाद्र २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१० असोज ०७६,चापागाँउ
। दक्षिण ललितपुरको विद्युत् समस्या कम गर्न नेपाल विद्युत् प्राधिकरणले विजुली लाइनको फिडर विस्तारपछि विद्युत् लाइनको समस्या समाधान हुने भएको छ । फर्पिङ्गफिटर मार्फत देविचौरसम्म पुगेको विद्युत लाइन घुसेल, झगलकोट, हुँदै माल्टा हुँदै बगुवासम्म पु¥याइएको छ ।
तीनपानेबाट भट्टेडाँडा, इकुडोल, माल्टा, आश्राङ्ग,प्युटार र गिम्दीसम्म अर्को फिडर पु¥याइएको छ । नल्लु फिटरबाट भारदेउ चौघरे,मानिखेल चन्दनपुर कालेश्वर हुदै ठूला दुर्लुङ्गसम्म विस्तार पछि कुनै फिडरमार्फत विद्युत् नआएमा वा विग्रेमा एक अर्को लाइन जोडर विद्युत् सुचारु गर्न सझिलो भएको दक्षिण ललितपुर ग्रामिण विद्युत् सहकारीका अध्यक्ष गोविन्द बजगाईले बताए ।
उनले भने, ‘विद्युत अवरुद्ध हुँदा एक अर्काका लाइन जोडेर तत्कालिन समस्या समाधान गर्न सकिने अवस्था श्रृजना भएको छ । यो नै दिगृकालीन समाधान होइन ।’

विद्युत् प्राधिकरण ललितपुरले कोञ्ज्योसोम गाँउपालिकाको शंखुस्थित उन्युचौरमा विद्युत् वितरण प्रणली सवस्टेशन निर्माणको योजना नेपाल विद्युत् प्राधिकरणसमक्ष पेश गरेको छ ।
विद्युत् वितरण प्रणाली कमजोर हुँदा पछिल्ला दिनमा राजधानीमा अत्याधिक विद्युत् विग्रने समस्याका कारण दक्षिण ललितपुरका उपभोक्ता समस्यामा छन् । ललितपुरमा ६५ हजार ग्रहकका लागि लगनखेल सवस्टेशनमार्फत विद्युत् वितरण हुँदलै आएको छ । ललितपुरको लगनखेलबाट वितरण हुने विद्युत सुदर ललितपुरको ठुलादुर्लङ्ग र गिम्दी सम्म पु¥याउनु परेको छ ।
थानकोट चापागाँउ भक्तपुर प्रशारण लाइन विस्तार नहुँदा राजधानीको विद्युत् वितरण प्रणालीमा समस्या आइरहेको विद्युत् प्राधिकरणले बताउदै आएको छ । ललितपुरको चापागाँउमा सवस्टेशन निर्माण गरेर विद्युत् वितरण प्रणली चुस्त बनाउने प्राधिरणको योजना रहे पनि लामो समयदेखि जग्गा विवादका कारण निमार्ण हुन सकेको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ७ : २७ बजे