६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीका विद्यालयमा विद्यार्थीलाई खाजा


१० भाद्र २०७६, मंगलबार  

0
Shares

सन्दर्भ तस्विर ः फाइल

१० भदौं ०७६, चापागाँउ । गोदावरी नगरपालिको वडा नं. १३ अन्र्तग तझरुवाराशीका विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । वडा कार्यालयले शैक्षिक विकासका लागिरु १५ लाख रकम विनियोजन गरेको छ ।
गोदावरी न.पा. सामाजिकविकास समितिका संयोजक तथा वडाअध्यक्ष भाष्कर थापाले वडाभित्र सञ्चालित सामुदायिक विद्यालयका लागि दिवा खाजा कार्यक्रमलगायत शैक्षिक सामग्री तथा पुरस्कार वितरण, सहयोगी शिक्षक तथा कर्मचारी व्यवस्थापन साथै कक्षा ११ सञ्चालन अनुदान शीर्षकमा बजेट विनियोजन गरिएको जानकारी दिए ।
गोदावरी नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको समग्र शैक्षिकस्तर उन्नतिका लागि माध्यमिक विद्यालयहरुमा स्मार्ट वोर्ड सिसिटिभि वस्थापनर न्युनमा.वि. दरबन्दी भएका विद्यालयहरुलाई सहयोगी शिक्षक व्यवस्थापन र आधारभूतविद्यालयहरुमा कम्प्युटर तथा अंग्रेजी भाषा शिक्षण गर्न सहयोगी शक्षक व्यवस्थापनका साथै सवै इसिडि शिक्षकहरुका लागि प्रोत्साहन भत्ता व्यवस्थाका लागि सामाजिक विकास समितिको पहलम ागोदावरी नगरपालिकाद्वारा बजेट विनियोजन गरिएको जानकारी थापाले समेत दिए ।
गोदावरी नगरपालिकाले नेल्टाको सहकार्यमा यस शैक्षिक सत्रबाट नगरपालिकाभित्रका नवज्योतिमा.वि., किटिनी मा.वि., पथप्रदर्शक मा.वि., बुद्ध मा.वि. (टिकाभैरव), सरस्वतीमा.वि.(लेले) र सरस्वतीमा.वि.(ठेचो)मा नमूनाको रुपमा आधुनिक शैक्षणिक प्रविधिको प्रयोग गर्दै शिक्षण सिकाई कार्य गर्ने समेत बजेट व्यवस्थापन गरेको छ ।
आगामीवर्षबाट नेपाली अंग्रेजी भाषा शिशक संँसंग सहकार्य गरी कार्यक्रम विस्तार गर्ने समेत योजना नगरपालिकाको रहेको जानकारी सामाजिक विकास समितिका संयोजक थापाले जानकारी दिए ।
न्युन विद्यार्थी संख्या भएका विद्यालयहरुलाई नजिकका विद्यालयमा सम्भव भएसम्म एकिकृत गरी शिक्षक दरबन्दी व्यवस्थापनको गर्नेे नगर शिक्षा समितिको निर्णय भएको र निर्णय कार्यान्वयन गर्न नगर शिक्षा समितिका अध्यक्ष गजेन्द्र महर्जनको निर्देशनमा नगर शिक्षा शाखाले प्रक्रिया अगाडि बढाएको उनको भनाई छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १० : २५ बजे