१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी न्यायिक समितीमा १३ फैसला


११ भाद्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
११ भदौं ०७६, चापागाँउ । गोदावरी नगरापालिकाको न्यायिक समितीमा गतबर्ष १३ वटा मात्रै फैसला भएको पाइएको छ । स्थानीयबासीको झै–झगडाका १२६ वटा उजुरी परेकोमा १३ वटाको मात्रै फैसला भएको हो ।
नगरपालिकामा बसोबास गर्ने स्थानीयबासीले आपसमा भएको झै झगडा नगरपालिकाको न्यायिक समितीमा उजुरी दिएपछि हरेक शुक्रबार बस्ने इजलासले फैसला गर्ने गरेको छ । नगरापालिकाको न्यायिक समितीले ४४ वटाको मेलमिलाप गर्न सकेको छ ।
न्यायिक समितीमा मिल्न नसकेका ३ वटा मुद्दा भने न्यायिक समितीमा मिल्न नसकेपछि अदालत गएको न्यायिक समितीकी संयोजक मुना अधिकारीले जानकारी दिइन् । गतबर्षका १२६ वटा मुद्दामध्ये ६६ को छिनोफनो अझै हुन सकेको छैन । ४० वटा मुद्दा दिने स्थानीयबासी अहिलेसम्म सम्पर्कमा नआएको संयोजक अधिकारीले जानकारी दिइन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार १३ वटा विषयमा न्यायिक समितीले फैसला गर्न सक्छ भने ११ वटा विषयमा मेलमिलान गर्न पाउने प्रावधान छ ।
सम्बन्ध बिच्छेदको सम्बन्धमा नयाँ कानूनमा सिधै अदालत जान सक्ने प्रावधानका कारण नगरपालिकामा आजकल उजुरी नआएको उपमेर अधिकारीले बताइन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  ६ : ४८ बजे