१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ढोलाहिटी–चापागाँउ सडक १६ मिटर चौडा हुने


११ भाद्र २०७६, बुधबार  

0
Shares

लपु संवाददाता
११ भदौ ०७६, चापागाँउ । ढोलाहिटी–चापागाँउ सडक तत्कालका लागि १६ मिटर चौडा हुने भएको छ । ललितपुर १ का प्रतिनिधि सभा सासंद नवराज सिलवालका अनुसार असोज ७ गते भौतिक योजना तथा निर्माण मन्त्रालयको निर्णय अनुसार तत्कालका लागि १६ मिटर मात्रै सडक बनाइने भएको हो । निर्णय अनुसार तत्काल दुवैतर्फका फुटपाथ निर्माण हुने छैन ।

सडक विभागलेले यस अघि २१ मिटर नै कायम हुने गरि सडक विस्तार गर्न ठेक्का लगाएको थियो । त्यस मापदण्ड अनुसार दुवै तर्फको सडक १०÷१० मिटर थियो भने १ मिटरको घरवालाले पेटी बनाउन सक्ने प्रावधान थियो ।
साथै ढोलाहिटी चापागाँउ सडक यथास्थितीमा सडक कालोपत्रे गर्ने निर्णय भएको सिलवालले जानकारी दिएका छन् । उनका अनुसार कालोपत्रेको काम असोज पहिला साताबाट शुरु गर्ने गरि तयारी भएको छ ।

सडक तथास्थितीमा कालोपत्रे गर्न माग गर्दै ललितपुर ठेचो चापागाँउका स्थानीयबासिन्दाले २ पटक सडक अवरुद्ध गर्दै आन्दोलन गरिसकेका छन् । यही असोजभित्र यथास्थितीमा कालोपत्रे गर्ने र निरन्तर सडक विस्तारको काम सुचारु गर्ने सहमतीपछि पछिल्लो पल्टको आन्दोलन रोकिएको थियो । हेर्नुस् भिडियो ः

गतबैशाख महिनामा चापागाँउ सडक तत्काल कालोपत्रे गर्न माग गर्दै आन्दोलित स्थानीय बासिन्दाहरु । भिडियो ः ललितपुर खबर

ठेकेदारलाई पुरानो दररेट अनुसार नै काम गर्न आग्रह गरिएको छ । तर ठेकेदारले पुरानो रेटमा काम गर्न अस्विकार गरेको छ ।
सरकारले स्थानीयबासीको घर भत्काउन मुआव्जाका लागि बजेट नछुट्याउदा यस क्षेत्रका सडक विस्तार हुन सकेको थिएन । यस बर्ष ललितपुरको सडक स्तरोन्नतीको नाम दिएर सरकारले १ करोड मात्रै छुट्याएको थियो ।
ललितपुर ठेचोबाट प्याङ्गगाँउसम्म ठेक्का पाएका कन्टेक प्रा. लि. का ठेकेदार उद्धव प्रसाद भण्डारी यस सडकको ठेक्का कन्टेक प्रा लिले २०७३ सालमा ३ वर्षका लागि जानकारी दिए । गएको असार मसान्तबाट यस कम्पनीको म्याद सकिएको छ ।
ढोलाहिटी ठेचोको ठेक्का भने सैलुङ्ग कन्ट्रक्सनका शान्तप्रसाद अधिकारीले पाएका थिए ।

सडक विस्तार तथा मर्मतको निर्णयले स्थानीयबासी खुशी भएको चापागाँउका पुर्वगाविस अध्यक्ष तथा स्थानीयबासी चरसुन्दर महर्जनले वताए ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १० : २४ बजे