१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर चेम्बर्स अफ कमर्स गठन


२३ भाद्र २०७६, सोमबार  

0
Shares

लपु संवाददाता
२३ भदौं ०७६ , ललितपुर । ललितपुर चेम्बर्स अफ कमर्सको विधिवत रुपमागठन गरिएको छ । ललितपुरको जावलाखेलमा सोमबार पत्रकार सम्मेलन गरेर ललितपुरमा व्यावसायीहरुको अर्को संगठन व्यावसायिक संगठन दर्ता गरिएको जानकारी दिइएको हो ।

चेम्बर्स अफ कमर्सले जारी गरेको विज्ञप्ती अनुसार २०७६ साउन १९ गते ललितपुर जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता भएसँगै अर्को व्यावसायीहरको संस्था जन्मेको हो । ललितपुरमा ललितपुर उद्योग वाणिज्य संघ पनि लामो समयदेखि सक्रिय छ ।

यस संस्थाका सभापतिका रुपमा पुक्ष्परत्न शाक्य छन् । कार्य समितीमा २१ सदस्यीय कार्य समिति सदस्य,४ जना मनोनित गरी २५ जनाको जम्बो कार्यसमितीको विधानमा व्यवस्था छ । तर अहिले भने कार्य समितिमा १३ जान मात्रै राखिएको छ भने २ जना मात्रै मनोनयनगरिएको छ । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार बाँकी सदस्यहरु सबैको प्रतिनिधित्व हुने गरी पुर्नगठन गरिनेछ ।

परिर्वर्तित सन्दर्भमा ललितपुरमा ३ वटा नगरपालिका र ३ वटै गाँउपालिका गठन भएको साथै व्यावसायीहरुको विकाश तिव्र गतिमा भइरहेको भन्दै ललितपुर चेम्बर्स अफ कमर्सको आवश्यकत्ता महसुस भएर गठन गरिएको पुष्परत्न शाक्यले बताए । उनले भने, ‘हामी कसैको प्रतिश्पर्धी होइनौ सबैसँग मिलेर काम गर्न चाहन्छौं ।’

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ५ : २५ बजे