१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


ललितपुर लेलेमा पत्रकारको परिवारमाथि आक्रमण


१ आश्विन २०७६, बुधबार  

0
Shares

 

पिडित पत्रकार सुरेश मार्फा ।

लपु संवाददाता
१ असोज ०७६, लेले । ललितपुर लेले लप्सेस्थित पत्रकार सुरेश मार्फाको परिवारमाथि आक्रमण भएको छ । मंगलबार पत्रकार सुरेश मार्फा घरमा नभएको मौका पारी केही युवाहरुको समूहले उनकी आमालाई आक्रमण गरेका थिए । महिलामाथि हातपात भएपछि उनका भिनाजु राजु लामाले प्रतिकार गर्दा उनीमाथि रड प्रहार गरेको पिडित पत्रकारले फेसवुकमा लेखेका छन् । पत्रकार मार्फा नेपाल समाचारपत्रमा कार्यरत छन् ।
पत्रकार मार्फकाअनुसार उनीमाथि टिपर चालकलगायत केही व्यक्तिले बारम्बार बचेर हिड्न धम्की दिइरहन्थे । सुरेसले आक्रमणमा उत्रने युवाहरुले मादक पदार्थ खाएको उल्लेख गरेका छन् ।
पत्रकार सुरेसको बहिनी अनिसालाई समेत अछारपछार पारेका उल्लेख गरेका छन् । सुरेसले लेखेका छन्,‘मार्ने त योजनै बनाएको सुनेको छु । ट्रिपरमुनी पारी मार्ने, पछाडीबाट ह्याम्मर हान्छु भन्ने कुराहरु मेरो कोही मान्छेले नसुनाएको पनि होइन ।’ सुरेस घर फर्कदा धम्की दिनेहरु मध्येकै युवा हातमा रड लिएर घर घेरेर बसेको उल्येख छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ११ : २४ बजे