६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर प्रहरी प्रमुखले भष्टचारी पुष्टि भए बर्दी फुकाली दिने


२ आश्विन २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२ असोज ०७६, ललितपुर । ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले आफूले कही कतै भष्टाचार गरेको पुष्टी भए बर्दी फुकाल्ने बताएका छन् । मध्यललितपुरको लेले नल्लु क्षेत्रमा रहेका ढुंगा खानीको सन्र्दभमा पैसाको चलखेल भएको प्रश्न उठेपछि राईले आफ्नो इमानको पुष्टि गर्न बर्दी फुकाल्ने बताएका हुन् ।
ललितपुर प्रहरी प्रमुख नियुक्त भएको केही दिनपछि आफ्नो योजना सार्वजनिक कार्यक्रममा राईले जनताको सेवा गर्दां कुनै शुल्क नलाग्ने बताए । उनले प्रहरी कार्यालय अगाडि बसेर सेवाग्रहीसँग शुल्क असुलेर निवेदन लेखाउने काम बन्द गरिने बताए । उनले भने, ‘हामी आफै टाइप गरेर नमूना निकाल्छौं । त्यसैलाई फेटोकपी गरेर भर्ने हो भने पैसा लाग्दैन ।’
राई गृहमन्त्रीले केही समयअघि सार्वजनिक गरेको ८२ बुँदे कार्ययोजना अनुसार काम अघि बढाउने बताएका थिए । राईले केही दिनअघि सई यज्ञबहादुर भट्टराई,असई मदन खाती र लक्ष्मीदत्त भट्टको आचरणमाथि प्रश्न उठाएर निलम्बित गरेको थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहिबार  ९ : ५२ बजे