६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पुलिस र बुढाबुढीबीच छलफल


५ आश्विन २०७६, आइतबार  

0
Shares

५ भदौं ०७६, टिकाभैरव । ललितपुर महानगरिय प्रहरी प्रभाग टिकाभैरब प्रहरी र स्थानीय जेष्ठ नागरिकबीच छलफल भएको छ । गोदावरी नगरपालिका–६ स्थित टिकाभैरबमा समुदाय–प्रहरी साझेदार कार्यक्रम अन्तर्गत छलफल गरिएको हो ।
स्थानीय जेष्ठ नागरिकलाई आदर र सम्मानसँगै शारीरिक असक्तका कारण वाधा अड्चन र घरपरिवारबाट अपहेलित व्यावहारका विषयमा छलफल चलेको थियो ।
प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक कृष्णप्रसाद सिटौँलाले समाजमा शान्ति सुरक्षा प्रयास स्वरुप यस्तो छलफल भएको बताए ।
त्यस्तै छलफलमा जेष्ठ नागरिकले पाएको जेष्ठ नागरिक भत्ता जेष्ठ नागरिकले नै खर्च गर्न पाउनु पर्ने लगायतका विषयमा समेत छलफल भएको थियो ।
‘जेष्ठ नागरिकको यस्तै समस्याले समाजमा भईरहेको अदृश्य अशान्तीलाई केही हदसम्म शान्ति ल्याउने प्रयास स्वरुप छलफल गरिएको हो । यसलाई निरन्तरता दिन्छौँ ।’, उनले भने ।
कार्यक्रममा स्थानीय बृद्ध बृद्धा, एकल महिला, अपांगता भएका व्यक्तिहरु छलफलमा सहभागि थिए । छलफलबाट जेष्ठ नागरिकहरुको समिति बनाउने विषयमा माग आएको थियो ।
छलफलमा सहभागी गोदावरी वडा–९ का वडाध्यक्ष आत्मराम थापा, वडा सदस्यहरु कुमार खड्का, मैया बजगाईले पनि सहभागी थिए ।

छलफलमा सहभागीहरु ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : १२ बजे