११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


गोदावरीमा रंगशाला रोकेर सम्मेलन केन्द्र


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

अजम्बरी निर्माण सेवाको डोजर रंगशाला निर्माण स्थल सम्याउदै । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१० असोज ०७६, गोदावरी । गोदावरीस्थित प्रदेश सरकारले रंगशाला निमार्ण गरिरहेको स्थानमा केन्द्र सरकारले अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्ने भन्दै टेण्डर आह्वान गरेपछि रंगशाला निर्माण अलपत्र परेको छ । रंगशाला रोकिएपछि प्रदेश सरकारको काममा केन्द्र सरकारको हस्तक्षेप भएको खुलेको हो ।
केही समयअघि प्रदेश ३ सरकारको सामाजिक विकाश मन्त्रालय सार्वजनिक निमार्ण कार्यान्वयन इकाई, गजुरी धादिङ्ग कार्यालयले गोदावरीमा ३५ करोडको डिपिआर तयार गरी यो वर्ष रंगशालाको निर्माणस्थल सम्याउनका लागि ९० लाख बराबरको टेण्डर आह्वान गरेको थियो ।
तर यस स्थलमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणका लागि केन्द्र सरकारले टेण्डर आह्वान गरेको भन्दै गोदावरी नगरपालिका ३ ले मौखिक आदेश दिएर निर्माण स्थलको काम बन्द गराएको छ ।
प्रदेश सरकारले गरेको टेण्डर प्रतिश्पर्धामा अजम्बरी निमार्ण सेवालाई छानिएर निर्माण सम्झौतापछि लगातार १० दिनसम्म काम भएको अजम्बरी निर्माण सेवाका सञ्चालक ऋषिकुमार आचार्यले बताए ।
कित्ता नम्बर २३६ मा रंगशाला निर्माण गर्ने भन्ने सुनेको तर आधिकारिक निकायबाट कुनै चिठी नआएको आचार्यले बताए । उनले भने, ‘हामीलाई टेण्डर सामाजिक विकाश मन्त्रालयले दियो । तर रोक्न चाही नगरको वडा कार्यालय आउछ । एकातिर मेसिन नचलेर घाटा छ । अर्कोतिर सरकारी झण्झट ।’


प्रदेश सासंद लालकुमारी पुनले प्रदेश सरकारले निर्माण गरिरहेको स्थानमा केन्द्रले सम्मेलन केन्द्र बनाउन लागेको सुनेको तर आफूलाई आधिकारी जानकारी नआएको बताइन् । उनले भनिन् ‘त्यसको सट्टा अर्को ठाँउमा जग्गा छुट्याएको भन्ने सुनेको छु । तर हेर्न गएको छैन ।’
यहाँ केन्द्र सरकारअन्र्तगतगत असोज ५ शहरी विकाश मन्त्रालय भवन निर्माण विभागले गतअसोज ५ गते टेण्डर सूचना प्रकाशित भएको थियो । टेण्डर सूचनासँगै भवनको थ््िरडि डिजाइन समेत सार्वजनिक भइसकेको छ ।
प्रदेश र केन्द्र सरकारले एकै स्थानमा २ वटा योजना अघि सारेर टेण्डर गरेपछि ठेकेदार कम्पनीमा अन्यौलमा परेको छ । एकातर्फ सरकारी निकायको जुगाको लडाईका कारण सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ का अनुसार निर्धारित समयमा काम सपन्न नगरे कारवाहीको भागिदार हुनु पर्ने नियमका कारण आफूहरु अन्यायमा परेको अजम्बरीका ऋषिकुमार आचार्यलेले गुनासो पोखेका छन् ।
वडाध्यक्ष वालकुमुन्द घिमिरे यस सम्बन्धमा कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ५६ बजे