१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हरिशंकर मन्दिरमा नयाँ मूर्ति राखिने


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

हरिशंकर मन्दिरको छाना छाउदै कालिगढहरु । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
१० असोज ०७६, पाटन । यहि विहीबार पाटन दरवारपरिसरमा रहेको हरिशंकर मन्दिरमा नयाँ मूर्तिको प्राण प्रतिष्ठा गरिने भएको छ । भुकम्पले पूर्ण रुपमा भत्काएको यो मन्दिर काठमाडौं उपत्यका संरक्षण मञ्चको अगुवाईमा दाताराष्ट्रको सहयोगमा पुर्ननिर्माण गरिएको थियो ।
भुकम्पपछि हरिशंकर देवताको मूर्ति तीन टुक्रा भएर फुटेको थियो । कोषका निर्देशक रोहित रञ्जितका अनुसार त्यो पुरानो फुटेको मूर्ति पनि संगै राखेर नयाँ सानो मूर्ति स्थापना गर्न लागिएको हो ।
उनका अनुसार फूटेको मूर्ति पूजा गर्नु राम्रो नमान्ने परम्परा रहेकोले नयाँ राख्न लागिएको हो । उनले भने,‘पुरानो मूर्तिलाई पनि सँगै राख्नु राम्रो हुने भएकोले त्यो मूर्ति पनि यथावत राख्न लागिएको हो ।’
हरिशंकर मन्दिरमा मूर्ति पुर्नस्थापनासँगै पाटन दरवारपरिसरमा भुकम्पपछि पुर्ननिर्माण लगभग सकिएको छ । दरपरिसरमामै रहेको भिमसेन मन्दिर ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुर्ननिर्माण शुरु भएको छ । दरवारपरिसरभन्दा केही टाढा स्वठमा रहेको राधाकृष्ण मन्दिर भने अझै पुर्ननिर्माण शुरु भएको छैन ।


कोषले पाटनका साना ठूला गरेर १५ वटा सम्पदाहरु दातृ निकायको सहयोग लिएर पुर्ननिमार्ण गरिसकेको रञ्जितले बताए । उनका अनुसार अन्य सम्पदा पुर्ननिर्माणको काम दशैं तिहारपछि लगत्तै शुरु गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ९ : ३१ बजे