१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महानगरले अनुगमनको तालिका बनाएर गर्ने


११ आश्विन २०७६, शनिबार  

0
Shares

काठमाडौं महानगरपालिकाको मुख्य प्रवेश स्थल ।

११ असोज ०७६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बजार अनुगमनका लागि बार्षिक तालिका बनाउने भएको छ । चाडपर्वको बेला मात्रै अनुगमन गर्दा प्रभाव नपरेको भन्दै अव वर्षभरि नै अनुगमन गर्ने उपमेयर हरिप्रभभा खड्काले बताएकी छिन् । बजार अनुगमनका क्रममा गल्ती फेला परेको खण्डमा रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गर्ने कानूनी प्रावधान छ ।
सरकारी तहबाट दशैंमा मासुलगायत खाद्यान्न, तिहारमा मिठाई र फलफुललगायतका सरसामानको अनुगमन गर्ने गरिएको छ । तर चाडपर्वको बेला गरिउको अनुगमन नहुने र कारवाहीको सट्टा मिलेमतोमा छोड्ने गरिएको जनगुनासो छ ।
संविधानले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेका कारण स्थानीय तहले बजार अनुगमन गर्न पाउँछ । केही वर्षदेखि चाडपर्वको बेला मात्रै अनुगमन हुँदै आइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ११ : ०० बजे