१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लगनखेल फुटपाथबाट अमेरिकी सपना


२ कार्तिक २०७६, शनिबार  

0
Shares

डिभि भर्दै आगन्तुक । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२ कार्तिक ०७६, लगनखेल । लगनखेल फुटपाथ । दुई कर्मचारी ल्याप टप लिएर बसेका छन् । डिभि भर्न भने फाट्टफुट्ट मान्छे आइरहेका छन् । धेरै मान्छे आउँछन् सोध्छन् अनि फर्कन्छन् ।
यो दृश्य हो ललितपुरको लगनखेल फुटपाथको । जहाँ फुटपाथमै डिभि भरिन्छ । काउण्टरमा बसेका इस्पार्ट नेपालका कर्मचारी दिपक साहु यसरी फुटपाथमा डिभि भर्नका लागि इसपोर्टले कलंकी बानेश्वर,कोटेश्वरलगायतका फुटपाथ प्रयोग गरिरहेको बताउँछन् ।
इ सपोर्टकै कर्मचारी रञ्जु शाह फोटो स्टुडियो र कलर ल्याव भएको ठाँउमा फुटपाथ रोजर डिभि भरिरहेको बताउछन् । उनी भन्छिन्, डिभि भर्न फोटो चाहिन्छ । हामी फोटो स्टुडियोको सहयोगमा डिभि भरिहरेका छौं ।


साहुका अनुसार यस बर्ष डिभि भर्ने नियम बदलिएको कारण मान्छेको भीड उति छैन । नत्र डिभि भर्नेको भीड कमी हुदैनथ्यो । यो बर्ष डिभि भर्नका लागि पासपोर्ट नभई हुदैन ।
अक्टोवर २ तारिकबाट खुलेको डिभि नोबेम्बर ५ तरिकसम्म भर्न पाइन्छ । यहाँ डिभि भर्न अविवाहितका लागि २ सय ५० लाग्छ भने विवाहितका लागि ३ सय मात्रै लाग्छ ।
डिभि भर्दा इ सपोर्टले एनसेलको सिम पनि निशुल्क दिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  १० : ०२ बजे