८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुल्यो


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

 

२६ कार्तिक ०७६, काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्ने बाटो खुलेको छ । शिल्पाले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालतको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गर्न आदेश दिएसँगै उनी पक्राउ पर्ने बाटो खुलेको हो ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको इजलासले आज पोखरेलको सो रिट खारेज गर्ने निर्णय गरेको हो । जिल्ला अदालतले फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमा कुमारी ओझाले बहुविवाह भएको दाबी गर्दै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरेको छ ।

बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुबैका नाममा पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतले पुर्जी जारी गरेपछि अभिनेत्री पोखरेल उच्च अदालत हुँदै सर्वोच्च पुगेका थिइन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ५ : ११ बजे