३० कार्तिक ०७६, पाटन । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका खुल्ला क्षेत्र संरक्षण गर्न योजनाबद्ध ढंगले काम गरेको दाबी गर्नु भएको छ । उहाँले खुल्ला क्षेत्रमा कंक्रिटको कुनै पनि संरचना बन्न नदिने नीति महानगरको भएको स्पष्ट रहेको बताउनु भएको हो ।
अन्तर्रा्ष्ट्रिय आप्रवासन संगठन (आइओएम )ले खुल्ला क्षेत्र संरक्षणका लागि जनचेतना जगाउन ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गरेको खुल्ला कार्यक्रममा नगरप्रमुख महर्जनले उहाँले भन्नु भयोे, ‘हामीले प्रत्येक वडामा हरियाली सहितको पार्क , बगैंचानिर्माण गर्ने योजनाअनुसार काम गरिरहेका छौं ।’ललितपुर महानगरपालिको भित्री बस्तीमा खुल्ला क्षेत्र कम भए पनि ललितपुरलाई महानगर घोषणा गर्दा यसमा गाभिन आएका अन्य वडाहरु खुल्ला क्षेत्र प्रशस्त भएकाउहाँको तर्क थियो । पार्क र बगैंचाले सहरको सुन्दरता मात्रै बढाउने नभई विपद्का बेला त्यसलाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्न सकिने उहाँले बताउनु भएको छ यद्यपी कहाँ के काम भयो त्यस सम्बन्धमा विस्तृत खुलाउनु भएन ।
आइओएमका चिफ आफ मिसनलोरेना ल्याण्डोले विपद्को पूर्वतयारी गर्दा खुल्ला क्षेत्रको पहिचान र संरक्षण अत्यावश्यक भएको बताउनु भयो । उहाँले थाइ जनताको सहगोगमा बुङमतीमा निर्माण भइरहेको बहुउद्देश्यीय भवन विपद्का बेला अत्यन्तै उपयोगी हुने तर्क थियो । उक्त भवन थाइ जनताको सहयोगमा पिटुपी (पिपल टु पिपल )परियोजना अन्तर्गत निर्माण भइरहेको छ । उपत्यका अन्य विभिन्न स्थानमा समेत यस्ता भवन निर्माण भइरहेको छ । आइओमले खुल्ला क्षेत्र जोगाउन जनतामा जागरण ल्याउन आवश्यक ठहर्याउँदै भूकम्प प्रभावित ८ वटा जिल्लामा यस्ता कार्यक्रम आयोजना गरेको छ ।
ललितपुर महानगरपालिकाकावरिष्ठ इन्जिनियर हरिशचन्द्र लामिछानले विपद्बाट हुने क्षति कम गर्न खुल्ला क्षेत्र अत्वश्यक भएको बताउनु भयो । उहाँले महानगर त्यस्ता खुल्ला क्षेत्र संरक्षणमा योजनाबद्ध ढंगबाट अघि बढेको विचार व्यक्त गनुृभयो ।
खुल्ला क्षेत्रको पहिचान र संरक्षण गरी पूर्व तयारी, हामी सबैको जिम्मेवारी विषयक कार्यक्रममा कलाकार एन्गिला रेग्मीले गीत प्रस्तुत गर्नुभयो र जादुगर निरञ्जन बुर्मनले जादु देखाउनु भयो।
विपद्का बेला खुल्ला क्षेत्र आश्रयका लागि मात्रै नभई आकस्मिक खानेपानी,सरसफाई तथा स्वच्छता प्रबद्र्धन गर्नका लागि राहत वितरणका लागि पनि खुल्ला क्षेत्र आवश्यक छ । खुल्ला क्षेत्रको प्रयोग मेडिकल क्याम्प संचालन गर्न, घाइतेको उपचार गर्न , अस्थायी शौचालय निर्माण गर्न आवश्यक हुन्छन् । वि सं २०७२ सालको भूकम्पपछि सरकारले काठमाडौं उपत्यकाभित्र ८३ वटा खुल्ला क्षेत्र पहिचान गरेको छ ।
३० कार्तिक २०७६, शनिबार
0
Shares
प्रतिक्रिया