१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उत्तरी मकवानपुरको इपा सडक निरिक्षण


७ मंसिर २०७६, शनिबार  

0
Shares


७ मंसिर ०७६, मकवानपुर । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन करिब २४ किलोमिटरको भीमफेदी– इपा सडक तथा निजगढ काठमाडौँ द्रुतमार्गको अवलोकन तथा अनुगमन गर्नुभएको छ । अवलोकनका लागि शुक्रबार उत्तरपूर्वी मकवानपुरको भीमफेदी, कोगटे, इपा पञ्चकन्यालगायतका क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङमार्गको अध्ययन गरिएको स्थानको निरीक्षण गर्नुभयो ।
भीमफेदी–इपा सडकको अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले सडक फराकिलो र दीर्घकालीन हिसाबले बन्न लागेकोमा खुशी व्यक्त गर्दै उक्त सडकलाई हेटौँडाबाट काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो ।
रु २६ करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक तोकिएकै मितिमा सम्पन्न गर्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो । एक वर्ष अगाडिदेखि निर्माण प्रारम्भ भएको उक्त सडक सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गरिसक्नुपर्ने जनाइएको छ । यस सडक सञ्चालन भएपछि काठमाडौँ–इपा–देउराली सडकखण्ड हुँदै सवारी सञ्चालन हुनसक्ने तथा भीमफेदी गाँउपालिकाका स्थानीय लाभान्वित हुने गाउँपालिका अध्यक्ष हिदम लामा बताउनुहुन्छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : २३ बजे