८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेम्ली अस्पतालमा एक्सरे सेवा बन्द


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६, जाजरकोट । गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै पनि सञ्चालन हुनसकेको छैन ।

जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो । विसं २०६६ मा स्थापना भएको अस्पतालमा इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ । विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महङ्गो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन नेत्रबहादुर शाहीले बताउनुभयो । इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन् ।

त्यसैगरी चिसो बढेकाले निमोनिया, रुघाखोकी अन्य रोगका बिरामी अस्पताल उपचारका लागि आउने भए पनि एक्सरे सेवाबाट भने बञ्चित हुनुपरेको छ । त्यस्तै प्रयोगशालाको काम प्रभावित हुँदै आएको छ । घाम राम्रो नलाग्दा काम गर्न समस्या भएको डा कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तै  अस्पताल २४ घण्टा सञ्चालन हुने   चिसोका कारण आजभोलि १० देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : १५ बजे