२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्राकृतिक संकटबारे शिक्षा दिन खुल्यो डिजास्टर सेन्दर


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

सेन्टरको उद्घाटन गर्दै मेयर चिरिबाबुलगायत ।

१७ मंसिर ०७६,ललितपुर । प्राकृतिक प्रकापको जोखिमबारे जानकारी दिन सीपं ललितपुरको चाकुपाटमा ‘मित्र डिजास्टर रिस्क रिडक्सन लर्निङ सेन्टर’ आइतबारबाट खुलेको छ ।
संभवत नेपालकै पहिलो यस केन्द्रको आइतबार नेपालका लागि जापानका राजदुत मासामिची साइगो, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्यालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
यस केन्द्रमा प्रकोपको पूर्व तयारी, प्रकोपमा हुने क्षतिबारे जोगिने उपायका बारे जानकारी पाउन सकिन्छ । नेपालमा हालसम्म भएका मुख्य प्रकोपको इतिहास, तिनले पु¥याएको क्षतिको बारेमा समेत केन्द्रले जानकारी हुनेछ । नेपालमा भइरहने प्रकोपहरु भूकम्प, बाढी पहिरो , आँधी हुरी , आगलागी बारेमा केन्द्रबाट धेरै जानकारी दिइने बताइएको छ । प्रकोपका बेला घाइते भएकाहरुको तत्काल उपचार गर्ने सीप समेत सिकाइन्छ ।
सोमबार , मंगलबार, बिहीबार र शुक्रवार गरी उक्त केन्द्र हाललाई साताको चार दिन खोलिनेछ ।
केन्द्रको उद्घाटन कार्यक्रममा राजदुतले यो केन्द्रले नेपालमा आउन सक्ने प्रकोपबाट जोगिन र त्यसले पु¥याउने क्षति कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले प्रकोपको क्षति न्यूनीकरण गर्न पूर्व तयारी आवश्यक रहेको बताए । केन्द्रको निर्माण पुर्व तयारीको महत्वपूर्ण पक्ष भएको बताउँदै उनले भने, ‘ महानगरस्तरीय र वडा स्तरीय विपद् व्यवस्थापन कोष खडा गरेका छौं , यो हामीले गरेको पूर्व तयारी हो, कुनै प्रकोप भइहाले, पैसा नभएर उपचार नहुने अवस्था नहोस्् भन्ने हो । ’
एसिया प्रशान्त क्षेत्रका सहरहरु र सरोकारवाला निकायहरुको संजाल सिटीनेट, जाइका, प्लस आर्ट र तोसिबा फाउण्डेसनकोे सहयोगमा निर्माण भएको उक्त केन्द्रमा विद्यार्थी, शिक्षक र समुदायलाई प्राथमिकता दिइने केन्द्रका व्यवस्थापक दीपक मरहठ्ठाले जानकारी दिए ।
कार्यक्रममा प्लस आर्टका प्रमुख हिरोकाजु नागाताले जापानले कोबेको भुकम्पबाट पूर्वतयारी, जोखिम न्यूनीकरणको बारेमा धेरै सिकेको बताए । उनले विद्यार्थीहरुबाट पूर्व तयारी र जोखिम न्यूनीकरणका बारेमा प्रवाह गरिने सन्देश प्रभावकारी भएको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : २६ बजे