१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


लामो समय बाच्न सत्यमोहन जोशीको टिप्स


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

फाइल तस्बिर

१७ मंसिर ०७६, ललितपुर । एक सय वर्ष टेकेका वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले उमेरले आफूभन्दा त्यस्तै दश, बाह्र वर्ष कम उमेरहरुलाई चिन्ता नलिन सुझाव दिनु भएको छ ।
ललितपुर महानगरपालिका, ज्येष्ठ नागरिक समाज लगायतले ललितपुरमा आयोजना गरेको जेष्ठ नागरिक अभिन्नदन कार्यक्रममा उनले सन्तोषी हुन आग्रह गर्नुभयो । उहाले भन्नुभयो, ‘ छोराले हेरेनन् , बुहारीले हेननन् , भत्ता बढेन नभन्नुस्, शान्त भएर बस्नुस् ।’ उनले आफूसँग भएका कुराले सन्तोष लिनस सबैलाई अनुरोध गर्नुभयो । वृद्ध अवस्था ईश्वरीय वरदान भएको बताउँदै दीर्घ जीवनको मुख्य आधार सन्तुष्टि भएको उहाँको धारणा थियो । अभिनन्दित सिता भण्डारीले पनि सन्तोषले नै आफूले लामो जीवन पाएको बताउनु भयो । एक सय १ वर्षकी सिताले भन्नु भयो, ‘चिन्ता रोगको एक मुख्य कारण हो, खानपिन समेत ध्यान दिनुपर्छ ।’
आयोजक संस्थाहरुको अनुसार अभिनन्दित हुनेमा एक सय ४८ जना छन् ती मध्ये ९१ जना महिला र ५७ जना पुरुष छन् । ८९ वर्ष पुगेका जेष्ठ नागरिकलाई अभिन्नदन गरिएको हो । अभिन्दित हुने मध्ये सबैभन्दा धेरै उमेरकीजेष्ठ सिता भण्डारी हुहुहुन्थ्यो ।
ग्वार्खोकी गोमती सुवेदी ९२ वर्ष हु। फूर्तिली देखिने उनलाई कुनै रोग छ्रैनन् । उनी जप गर्छिन् । ध्यान गर्छिन् । चिन्ता गर्दिनन् । भन्छिन्, ‘पूजा गर्छु , भक्तिमा रमाउँछु, यसले मान्छेलाई आनन्द दिने रहेछ । ’
ह्रिप्रसाद दुवाल ८९ वर्ष हुनु भयो । उहा अहिले पनि सक्रिय हुनुहुन्छ । उहा मुद्रा संकलक संघका सल्लाहकार समेत हुनुहुन्छ । काम पर्दा त्यहाँ जानुहुन्छ । सन् १९६०मा अमेरिकाको युनिभर्सिटी आफ बेरुतबाट जनस्वास्थ्य विषय पढेर आउनु भएका हरिप्रसाद दिर्घायुको मुख्य कारण स्वास्थ्य क्षेत्रको संलग्न भएको बताउँनु हुन्छ । उहाले भन्नु भयो , ‘मनमा कुरा खेलाउँदिन, काम गर्दा विचार पुर्याउँछु । ’ सन्तुष्टि र खुशीले नै मानिसलाई दीर्घजीवी बनाउने उहाले बताउनु भयो ।
ज्येष्ठ नागरिक समाजका सल्लाहकार गोपालमान श्रेष्ठका अनुसार तेस्रो देव रथारोहण भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । तीनपटक रथारोहण गरेपछि मान्छे देवता हुने जनविश्वास छ ।
कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ नागरिकलाई महानगरले जीवन छँदा नै सम्मान गर्ने नीति लिएको बताउनु भयो । उहाले जेष्ठ नागरिकको सहज जीवनका लागि महानगरले विभिन्न कार्यक्रम ल्याउने बताउनु भयो । अभिन्दित जेष्ठ नागरिकलाई नगद सहित फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रममा महानगरका वडा अध्यक्ष तथा सल्लाहकारहरुको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ५७ बजे