१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झम्सिखेल सडक महोत्सव शनिबार


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

२०७३ सालमा आयोजित महोत्सवको तस्विर ।

१७ मंसिर ०७६, झम्सिखेल । नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि झम्सिखेल युथ क्लबको आयोजनामा आउँदो शनिबार ‘चौथो झम्सिखेल सडक महोत्सव–२०७६’ हुने भएको छ ।
झम्सिखेल क्षेत्रमा थप पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको क्लबका प्रवक्ता कौशल घिमिरेले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन गृहमन्त्री रामबहादुर थापाबाट हुने तय भएको छ ।
महोत्सव अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिनाका साथै सांस्कृतिक कार्यक्रमका अतिरिक्त विभिन्न प्रकारका स्टल राखिने आयोजकले बताएको छ । यसअघि विसं २०६४, २०६८ र २०७३ मा यस प्रकारको महोत्सव गरिएको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ८ : ३० बजे