२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


४० औं हप्तामा गोदावरी खोला सरसफाई, दमाईटार पुग्यो


२२ मंसिर २०७६, आइतबार  

0
Shares

शनिबार दमाईटारमा सरसफाई गर्दै सहभागीहरु ।

लपु संवाददाता
२२ मंसिर ०७६, गोदावरी । गोदावरी खोला सरसफाई अभियान ४०औं हप्तासम्म जारी रहँददा दमाईटारसम्म पुगेको छ । सरसफाई अभियानका अभियान्ता दिलिप थापाका अनुसार सरसफाईको पहिलो चरण जारी रहँदा सरसफाईमा सहभागिता उल्येखनीय रहेको छ । झण्डै बर्षदिन अघि शुरु भएको सफाई अभियान भक्तपुरको हनुमन्ते खोलासम्म पु¥याउने लक्ष्य रहेको थापाले बताउनु भयो ।
सरसफाई प्रत्येक हप्ताको शनिबार विहान ७ः३० देखि ९ः३० सम्म हुने गरेको छ ।


४० आंै हप्ताको दिन शनिबार बेबी थापा राजभण्डारीको संयोजकत्वमा सरसफाई भएको थियो । कार्यक्रममा समाजसेवी श्रृजना सिलवाल समेत सहभागी हुनुभएको अभियन्ता थापाले जानकारी दिनु भयो ।
सरसफाईमा ठैवस्थित स्काउटबाट पनि धेरै वालवालिकाहअरु सफाईमा सहभागी थिए । साथै खुमल्टारस्थित शसस्त्र वल,दक्षिण काली गणले सफाई अभियानमा सहकार्य गरिरहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ५० बजे