८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको फोहोर बञ्चरेडाँडामा सय बर्षसम्म फ्याकिने


१८ पुस २०७६, शुक्रबार  

0
Shares


नुवाकोटको बन्चरेडाँडामा निर्माणाधीन फोहरमैला प्रशोधन केन्द्रको शुक्रबार अवलोकन गर्दै शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायत ।

१८ पुस ०७६, नुवाकोट । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले नुवाकोटको बञ्चरेडाँडामा निर्माणाधिन ल्याण्डफिल्ड साइट १ सय बर्ष सम्म चलाउन मिल्ने गरि शुरु गरिएको जानकारी दिनु भएको छ । साथै उहाँले सो फोहरमैला प्रशोधन केन्द्रको निर्माण फागुनभित्रै सम्पन्न गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिनुभएको छ ।
काठमाडौैँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख मदनकृष्ण श्रेष्ठलगायत उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र मन्त्रालयका प्रतिनिधिसहितको टोलीसहित बञ्चरेडाँडा पुग्नुभएका उहाँले केन्द्र निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । उहाँले केन्द्र निर्माणका क्रममा देखिएका समस्या हल गर्दै अघि बढिनेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “उपत्यकालाई सुन्दर शहर निर्माण गर्नका लागि बञ्चरेडाँडाको भूमिका छ ।” मानन्धरले आफू पनि यही क्षेत्रको भएकाले बञ्चरेडाँडा वरपरका स्थानीयवासीको समस्याको सुनुवाइ गर्दै कामलाई तीव्रता दिने बताउनुभयो । उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग आफूले फोहर व्यवस्थापनसँगै पीडित जनताको आवाज सुन्न आग्रह गरेको बताउँदै उहाँले जनहितमा काम गर्ने बताउनुभयो । उहाँले आफू नियमित अनुगमन र जनगुनासो सम्बोधनका लागि पाक्षिक रुपमा यस ठाउँमा आउने बताउनुभयो ।
मन्त्रीसँगै बञ्चरेडाँडा पुग्नुभएका काठमाडौँ महानगरका प्रमुख शाक्य र ललितपुर महानगरका प्रमुख महर्जनले मन्त्रीको योजनानुसार काम गर्न सहयोग गर्ने वचन दिनुभएको छ । नुवाकोटका सांसद नारायण खतिवडाले नुवाकोटलाई काठमाडौँको फोहर फाल्ने ठाउँमात्रै बनाउन खोजिए आफूहरुलाई सह्य नहुने भन्दै जनताको हित हुनेगरी फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनका लागि सहरी विकास तथा भवन निर्माण विभागले केन्द्रको निर्माण गरिरहेको छ । उक्त आयोजनाको लागत रु ३४ करोड ६८ लाख रहेको छ । उक्त परियोजना निर्माणकै लागि सरकारले स्थानीयवासीको एक हजार सात सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

प्रकाशित मिति : १८ पुस २०७६, शुक्रबार  १० : ३३ बजे