९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भट्टेडाँडामा अब ‘अध्यारो पर्यटन’


२४ पुस २०७६, बिहिबार  

0
Shares

पर्यटकीय गन्तव्य विकाशका लागि तयार पारिएको डिपिआर ।

२४ पुस ०७६, ललितपुर । कराँचीबाट काठमाडौं आउदै गरेको पाकिस्तान एअरको जहाज सन् १९९२ सेक्टेम्बरमा वागमती गाँउपालिकाको भट्टेडाँडामा दुर्घटनामा पर्यो । त्यस जहाजमा सवार १ सय ५५ जना यात्रु र चालक दलका १२ सदस्य सहित १६७ जना सबैको मृत्यु भयो । यहाँबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलसम्मको सडक दुरी ६६ किलोमिटर छ ।
यहाी ठाँउमा गाँउपालिकाले डार्क टुरिजम प्रबद्र्धन गर्ने भएको छ । ठूलो दुर्घटनापछि नयाँ पर्यटकीय गन्तव्य डार्क टुरिजमका रुपमा चिनिदै आएको गाँउपालिकाका अध्यक्ष बीरबहादुर लोप्चन बताउनु हुन्छ ।

उहाँका अनुसार डार्क टुरिजमबाट आर्थिक लाभ लिने मुलुक थुप्रै छन् । अलकायदाले सन् २०११ म आक्रमण गरेपछि अमेरिकाको ट्वीन टावर पर्यटकीय गन्तव्य बन्यो । कोम्बोडियामा १ लाख भन्दा धेरै जना एकै पटक मारिएको ठाँउ पर्यटकको रोजाईमा पर्यो । ‘जानानको सिहरोसिमामा दोश्रो विश्व युद्धपछि पर्यटन आर्कषणको केन्द्रविन्दु बनेको छ । हाम्रो भट्टेडाँडामा पनि त्यसैगरी पर्यटक तान्न सकिन्छ ’। उहाँ भन्नु हुन्छ। भिजिट नेपाल २०२०मा आन्तरिक तथा बाह्य पर्यटक आर्कर्शित बनाउने योजना रहेको उनको भनाई छ । भौतिक पुर्वाधार निर्माणका लागि गाँउपालिकाले गतबर्ष ३५ लाख रुपैया छुट्याएको थियो । यो बर्ष ४० लाख विनियोजन गरेको छ ।
‘प्रदेश सरकारले ५७ लाख उपलव्ध गराएको छ । केही दिनमा करोड एपैया बराबर टेन्डर खोल्दै छौं ।’ उहा भन्नुहुन्छ, ‘त्यसपछि धमाधम विकाशको काम अघि बढ्नेछन् । राडर क्षेत्र बनभोजका लागि प्रसिद्ध छ’ शनिबार भिडभाड हुने गरेको उनी बताउछन् । जहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्य देख्न सकिन्छ । हिमाल र तराई पनि निहाल्न सकिने भएकाले यो ठाँउ विशेष रहेको उहाँ बताउनु हुन्छ । उहाका अनुसार ७ करोड रुपैयाको विस्तृत परियोजना रिपोर्ट तयार पारिएको छ । ‘लिफ्ट सिस्टमबाट खानेपानी पुर्याइएको तथा सार्वजनिक शौचालय बनाइएको छ । यहाँ बसू बसू लाग्ने बनाउछौं’ उहा भन्नुहुन्छ ।
यो ठाँउ काठमाडौं उपत्यकाको सबैभन्दा नजिकको रमणिय स्थल बन्ने उहाँको दाबी छ । गाँउपालिकाको एक्लो प्रयासले यस्तो योजना सफल हुन गाह्रो हुने भएकाले संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको गाउपालिकाको भनाई छ । यो समाचार अन्नपूर्ण पोष्टका लागि संवाददाता नितु घलेले लेख्नु भएको हो ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  ९ : ४४ बजे