९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


समृद्धि प्याव्सन चित्रकलामा उत्कृष्ट


२६ पुस २०७६, शनिबार  

0
Shares

विजेता समृद्धिलाई शिल्ड हस्तान्तरण गर्दै सहध्यक्ष ढुंगाना र रविन्स शर्मा । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
२६ पुस ०७६, ललितपुर । माउण्ट ओरिङ्ग स्कूलकी समृद्धि दर्शनधारीले प्याव्सनले आयोजना गरेको ललितपुर जिल्लास्तरिय चित्र कला प्रतियोगितामा उत्कृष्ट हुनु भएको छ ।
भ्याली पव्लिक सकूलका देव तामाङ्ग दोश्रो भए । तेश्रो स्थानमा भने विलियम पव्लिक स्कूलकी मोनिका लामाले कव्जा जमाइन् । साथै सोनी विकेले सान्त्वना पदक हात पारिन् ।

विजेतासँग सामुहिक तस्विर खिचाउदै पदाधिकारीहरु ।

२९ औं प्याव्सन स्थापना दिवसको सन्र्दभमा ललितपुर प्याव्सनले ललितपुरको मंगलबजारमा चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । पर्यटन बर्षको सन्र्दभ पारेर आयोजित प्रतियोगिताको शिर्षक नेपाल भ्रमण बर्ष २०२० राखिएको प्याव्सन जिल्ला अध्यक्ष राधेकृष्ण महर्जनले ललितपुर खबरलाई बताउनु भयो ।
केन्द्रिय प्याप्सनका सहअध्यक्ष डिके ढुंगानाले वालवालिकाको प्रतिभा प्रष्फुटनसँगै पर्यटन प्रवद्र्धनका लागि जिल्ला प्याव्सनले ईंटा थपेको बताउनु भयो ।
प्याप्सन जिल्ला कमिटीका उपाध्यक्ष सदस्य तथा कार्यक्रम संयोजक ताराप्रसाद खनालले सम्पदा र ऐतिहासिक धरोहरलाई चित्र मार्फतका बनाएर प्रर्दशन गर्दा आन्तरिक पर्यटनलाई प्रबद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । विद्यार्थीहरुले पेन्सिल आर्टमार्फत आफ्नो कला पस्केका थिए ।
केन्द्रिय प्याप्सन सचिवालय सदस्य रविन्स शर्माले विद्याथीृहरुलाई ट्रफी लगाइदिनु भएको थियो भने सहअध्यक्ष डिके ढुंगानाल मेडल हस्तान्तरण गर्नु भएको थियो ।
माघ २ गते आयोजना हुने प्याव्सनका जिल्ला भेलामा यी चित्रकला प्रर्दशनी समेत गरिनेछ । चित्रकला विक्रि भएको ५० प्रतिशत विद्यार्थीले पाउने कार्यक्रममा जानकारी दिइएको थियो ।
ललितपुर प्याप्सनका अध्यक्ष राधेकृष्ण महर्जनले प्याव्सन ललितपुरले आउदा दिनमा विद्यार्थिहरको वृत्तिविकाशमा यस्तै कार्यक्रमहअरु आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चित्रकलाको अन्तिम निर्णाय सुरेश स्याङ्गतान ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  १० : २० बजे