३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ताम्रकार चेली सामूहिक गुफामा


१९ माघ २०७६, आइतबार  

0
Shares


१९ माघ ०७६, जावलाखेल । पाटनका ताम्रकार छोरीचेलीलाई ताम्रकार समाजले सामुहिक गुफा राखेको छ । गतमाघ १३ गतेबाट शुरु गुफा शनिबारसम्म चलेको थियो । जावलाखेलस्थित ताम्रकार समाजको भवनमा सम्पन्न यो विधि समाजले तेश्रो पल्ट गरेको हो ।
गुफा अवधिभरमा सहभागी कन्याहरुलाई व्यक्तित्व विकास, उत्प्रेरणा, शारिरीक विकास, यौन दुव्र्यवहार, साइबर अपराध, स्वास्थ्य, कला, संस्कृति, योगालगायतका विविध विषयहरुमा कक्षा लिइएको ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताउनु भयो ।
नेपाली परम्परा अनुसार बालिकाहरुको शारिरीक स्थितिको विकासको लागी अपरिहार्य विधीलाई ताम्रकार समाजले सामूहिक रुपमा सम्पन्न गर्ने गरेको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताउनु भयो । उहांले भन्नुभयो, ‘व्यक्तिगत रुपमा यो विधि पुरा गर्दा साह्रै खर्चिलो हुने देखेर नेपारी परम्परा र संस्कृतीलाई जीवन्त राख्न सामुहिक गुफा राख्ने प्रचलन शुरु गरिएको हो ।’
उहाँका अनुसार नेपाली समाजमा गरीने व्रतवन्ध, वेलविवाह (इही) पनि ताम्रकार समाजले सामूहिक रुपमा गर्दै आइरहेको छ ।
समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिले आयोजना गरेको उक्त कार्यक्रम गर्न सजिलो नभएता पनि यस कार्यले आत्म सन्तुष्टी हुनुका साथै समाजको ख्याती पनि बढेको उपसमितिका संयोजक मनोज ताम्रकारले बताउनु भयो ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ८ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।