३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


चापागाँउ लगनखेल रुटमा कष्टकर यात्रा


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

यात्रु केर्दै प्याङ्गगाँउमा रोकिएको बस । तस्विर ः ललितपुर खबर

४ फागुन ०७६, चापागाँउ । चापागाँउ लगनखेल रुटका सार्वजनिक बसमा यात्रुले पिडादायी यात्रा गर्नु परेको दुखेसो पोखेका छन् ।
यो रुटमा साँझ विहानको यात्रा कठीन छ । लगनखेलबाट साँझपख गुडेको बस चापागाँउ टाहाखेल वसपार्कसम्म पुग्न सवाघण्टादेखि डेढ घण्टासम्म लाग्ने गरेको स्थानीय यात्रु दिपक घिमिरे बताउछन् । उहाँका अनुसार धेरैजसो साँझ ७ बजेबाटै लगनखेलको वसपार्क पाइदैन ।
साँझपख बस नपाउदा धेरैजसो यात्रु महँगो ट्याक्सी चढ्न बाध्य छन् भने कतिपय यात्रु हिडेर सातदोवाटो आएर वैकल्पिक गाडी खोजेर घर फर्कने गरेको घिमिरे अनुभव सुनाउछन् ।
साँझ बस पाए पनि अत्याधिक सास्ती हुने ठेचोका स्तानीय रविन महर्जन बताउछन् । उहाँका अनुसार साँझ सिट पाउन आधा घण्टा पाकिङ्क गरेको बसमा बसेर कुर्नुपर्छ ।
महर्जन भन्नुहुन्छ, ‘उभिएर यात्रा गर्न कम्ति सास्ती छैन । सहचालकले गुन्द्रक खादे झैं यात्रु राख्दा स्वास फेर्नै कठीन हुन्छ ।’
लगनखेलमा जान मात्रै होइन टाहाखेलबाट लगनखेल आउन पनि यात्रुलाई सास्ती छ । टाहाखेलमा हरेक ७ मिनेटमा बस छुट्ने गरेको टायम किपर रमेश नगरकोटीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्याङ्गगाँउ आएर सात मिनेट बस रोकिने गरेको छ । त्यसैगरी चापागाँउमा पनि बस ५÷७ मिनेट रोकिन्छ ।’चापागाँउबाट गुडेको बस कछुवा गतिमा हरेक घरजसो रोकिदै जान्छ । यहाँको बसको धापाखेल नपुगी दोश्रो गियर लाग्दैन । बस बिस्तारै गुड्छ ।

छम्पी रुटमा चल्ने बसको ढोकामा झुण्डिएर यात्रा गर्दै यात्रु र हेर्दै प्रहरी । तस्विरहरु ः ललितपुर खबर

विहान अफिस जान डेढ घण्टा अघि बस चड्नु पर्ने अवस्था यात्रुहरु बताउने गरेका छन् । कहिले काँही बसले ढिला गर्दा साडे १० बजे पनि अफिस पुग्न नसकिने यहाँका यात्रु बताउछन् ।
तर लगनेश्वरका अध्यक्ष निररत्न नेवा ः प्याङ्गगाँउ र चापागाँउमा २ मिनेट मात्रै बस्ने गरेको दावी गर्नु हुन्छ । उहाँ भन्नु हुन्छ, जाम भए मात्रै समय लाग्ने हो ।
सरकारले सिण्डिकेट अन्त्यको घोषणापछि पनि उस्तै कष्टकर यात्रा गर्नु परेको स्थानीय यात्रुको गुनासो छ । ललितपुरमा यसअघि ललितपुर मिनी बस व्यावसायी संघ मार्फत रुट इजाजत दिने गरिए पनि अहिले लगनेश्वर महादेव वस यातयात प्रालि दर्ता गरेर बस चलाइएको नेवा ःले बताउनु भयो ।
वसमा यात्रुलाई सास्ती हुने गरी ज्याजती भएको भए आफूले कारवाही गर्ने नेवाःले बताउनु भयो । उहाँले भन्नुभयो ‘कही कतै यात्रुले दुःख पाएको छ भने गाडी नम्बर दिनुस् हामी कारवाही गछौं ।’
कारवाही कस्तो
नियम वितरित गाडीमा यात्रुलाई दुःख हुने यात्रु बोके पहिलो दिन ३ घण्टा गाडी चलाउन रोक लगाउन सकिने उहाँको भनाई छ । दोश्रो पल्ट पनि यस्तै गल्ती गरे १ दिन गाडी चलाउन रोक्न सक्छ भने लगातार भए १ हप्तासम्म त्यस क्युमा गाडी चलाउन बन्देज गर्नसक्ने कारवाही प्रकृया रहेको उहाँको भनाई छ ।
यात्रुको चाप रहेने साँझ विहान बसमा भीड हुने स्वीकार्दै नेवा भन्नु हुन्छ,‘कसलाई नजाउ भन्नु ? भीड भए पनि गाडी चलाउनै पर्यो ।’
चापागाँउ लगनखेल रुटमा चल्ने बसकी मालिकनी विष्णुमाया तामाङ्ग भन्छिन्, केही बर्षअघि हरेक दिन जसो ५ सयदेखि एक हजार रुपैयासम्म १ आफूलाई बुझाउने ड्राइभर अहिले २ हजारसम्म दिने गरेको बताउनु हुन्छ ।
२०७९ सालदेखि एउटै भाडा दर भएको कारण पनि बसले ज्यादा यात्रु ओसार्नु परेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘लाखौं लगानी छ । नाफा नभए कसरी चलाउनु ?’ उहाँ भन्नुहुनछ अहिले बसमा भीड हुन्छ । पहिले भन्दा कमाई पनि राम्रो छ ।
कहलेकाँही गाडीहरु रिजर्भ गएको बेला रातमा गाडी नभए पनि धेरैजसो ८ बजेसम्म लगनखेलमा बस पाउने तामाङ्ग दावी गर्नु भयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ११ : ३१ बजे